Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-19
Expiry Date: 2022-12-25

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।०४ गते, सोमवार (इ.सं. २०२२ डिसेम्बर १९)
(अवधि वि.सं. २०७९।०८।२५ देखि २०७९।०९।०२ सम्म । ई.सं. २०२२, ५०औं हप्ता)  
 

१.
 
कार्यशाला सम्पन्न
आम्दा नेपाल संस्थाको सबल पक्षहरुमा अध्यावधिक र कमजोर पक्षहरुमा सुधार गर्ने सवालहरुमा छलफल गर्ने उदेश्यले FHI नेपालको सहयोगमा आम्दा नेपाल केन्द्रिय कार्यालयमा तीन दिने (मिति २०७९ मंसिर २७ गते देखि २९ गते) संगठनात्मक क्षमता परिक्षण (Organizational Capacity Assessment) कार्यशाला सम्पन्न भएको छ । यस कार्यशालामा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, आम्दा नेपाल केन्द्रीय कार्यालयका कर्मचारीहरू सुदेश रेग्मी, उमेश प्रसाद आचार्य, अच्युत सापकोटा, रामबाबु देव, पुन्यलाल महतो लगायत इपिक परियोजनाबाट रोहित उराव, युवराज वाग्ले, गोविन्द रोका, अशोक चौधरी लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

२.
 
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ३, गाम्चा स्थित ग्राम सुधार आधारभुत विद्यालयमा वि.सं २०७९।०९।०२ गते सञ्चालित परिक्षण शिविरमा जम्मा ४२ जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको  छ ।

३.
 
स्वास्थ्यकर्मिहरुलाई पुनर्ताजकी तालिम ।
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाइ यसपूर्व स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्बन्धि आधारभूत तालिम प्रदान गरिसकेकोमा निजहरूमध्ये जम्मा १३ जना स्वास्थ्यकर्मिहरुलाई वि.सं २०७९।०९।०२ गते पुनर्ताजकि तालिम प्रदान गरिएको छ ।

४.
 
नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०९।४ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ ।
क.
 
स्वास्थ्य विज्ञान प्रतिष्टानको निरिक्षण सम्पन्न ।
आम्दा नेपाल मातहत सिद्धार्थ बाल तथा महिला अस्पतालमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टान स्थापना गरी प्रमाणपत्र तहको नर्सिङ्, हेल्थ असिष्टेन्ट, ल्याव टेक्निसियन, रेडियोग्राफी र फार्मेशी विषयको कार्यक्रम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा सम्वन्धन/स्विकृतिका निवेदन पेश गरेकोमा परिषद्बाट पूर्वाधार तयारीको अन्तिम निरिक्षणको व्यवस्था मिलाइएको छ ।
ख.
 
ई-विडिङ् प्रणाली सुदृढ गर्ने ।
आम्दा नेपालले विकाश गरी प्रयोगमा ल्याइ रहेको इ-विडिङ् प्रणालीलार्इ थप सुदृढ गर्न के कस्तो सुधार आवश्यक छ सो को पहिचान गरी प्रस्ताव तयार गर्न श्री उमेश प्रसाद आचार्यलाई (खरिद शाखा) लाइ जिम्मेवारी तोकिएको छ ।
ग.
 
वेभसाइडको स्तरवृद्दी
आम्दा नेपालको वेभसाडलाइ समयानुकुल स्तरवृद्दी गर्ने काम हुदै गरेकोमा स्तरवृद्दीको काम सम्पन्न भएको छ । स्तरवृद्दी भए सँगै अनलाइन जव एप्लिकेशन प्रणाली सुधार भएको छ ।
 

कर्मचारी नियुक्त

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागी छनौट भएका निम्न कर्मचारीहरूलाइ नियुक्तिपत्र प्रदान गरिएको छ ।
  1. अशोक लिम्बु, प्रशिक्षक (पब्लिक हेल्थ)
  2. देवेन्द्र खतिवडा, प्रशिक्षक (नेपाली)
  3. निर्मला कटुवाल (थापा) , प्रशिक्षक (अङ्ग्रेजी)
  4. सत्यधर सुवेदी, प्रशिक्षक (गणित)
  5. अल्का सिंह, प्रशिक्षक (जुलोजी)
  6. लोकनाथ सुवेदी, प्रशिक्षक (फिजिक्स)
ङ.
 
संस्थागत क्षमता परिक्षण निरन्तरता व्यवस्था
आम्दा नेपालको साझेदार संस्था FHI360 ले सञ्चालन गरेको संस्थागत क्षमता परिक्षण गोष्ठीको निष्कर्श अनुरूप क्षमता अभिवृद्दीको अभियानलाइ निरन्तरता दिनका लागी श्रोत व्यक्तिहरू तोक्नु पर्ने भएकोमा आम्दा नेपालको तर्फबाट सुदेश रेग्मीको मूख्य नेत्वृत्वमा निम्न शिर्षकमा हाललार्इ निम्नानुसार जिम्मेवार व्यक्ति तोक्ने निर्णय गरिएको छ ।
  1. सुशासन तथा कानुनी संरचना – श्री उमेश प्रसाद आचार्य
  2. वित्तिय व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली – श्री अन्जना कोइराला
  3. प्रशासन तथा खरिद प्रणाली – श्री उमेश प्रसाद आचार्य
  4. मानव श्रोत प्रणाली – श्री अच्युत सापकोटा
  5. कार्यक्रम व्यवस्थापन – श्री अच्युत सापकोटा
  6. परियोजना कार्यसम्पादन व्यवस्थापन
  7. संस्थागत व्यवस्थापन तथा दीगोपना
५. संग्रहनिय तस्विरहरू
 
Organization Capacity Assessment_AMDA Nepal Central Office_20221213-15

 धन्यबाद !          

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.