Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-12-09
Expiry Date: 2024-12-14

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८१।०८।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।१६ देखि वि.सं. २०८१।०८।२२ गते सम्म (ई.सं. २०२४, ४९ औं हप्ता) ।
साप्ताहिक अंक: ४९/२०२४

१. पर्व तथा दिवस सुची ।
आम्दा नेपालको वार्षिक कार्यसुची तयारीका लागी पर्व तथा दिवसको सुची अध्यावधिक गरिएको छ ।

२. परियोजना मूल्याङ्कन तयारी ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको भुटानी शरणार्थी सहायता परियोजनाको मूल्याङ्कनका लागी समाज कल्याण परिषद्दमा कार्यविवरण सहित संझौता सम्पन्न भएको छ ।

३. परियोजना प्रारम्भ बैठक सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनाको प्रारम्भिक बैठकमा विराटनगरमा वि.सं २०८१/०८/१७ गते सम्पन्न भएको छ ।

४. साझेदार समन्वय बैठक सम्पन्न ।
आम्दा नेपाल र FHI360 विच वि.सं २०८१/०८/१९ गते समन्वय बैठक सम्पन्न भएको छ ।

५. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०८।२२ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
आपूर्ति व्यवस्थापनः
आपूर्तिकर्ता छनौट कार्यविधि अध्यावधिक गर्ने, आपूर्तिकर्ता सुची अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ताको प्रयोग र संवन्ध रूजु गर्ने, सुचिकृत आपूर्तिकर्ताको सुची इमेल लिष्टमा अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ता र अन्य संस्थाबाट भए गरेको कारोवारको विवरण संकलन गरी अध्यावधिक गर्ने, कारोवारमा भए गरेको कर कट्टी र दाखिला विवरण संकलन गरी अध्यावधिक गर्ने
लेखा/खरिद
२०८१०९१५
परिक्षणः
अघिल्लो अवधिमा सम्पन्न लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने, लेखा परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने, लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने, बेरूजु फर्योटका लागी कार्ययोजना तयार गर्ने, लेखा अनुशासनका लागी विद्धमान नीति विलश्षेण गरी आवश्यकता अनुरूप नयाँ नीति तर्जुमा गर्ने, आम्दा नेपाल अन्तरगत खुलेका बैंक खाताहरूको स्थिति पहिचान तथा विवरण अध्यावधिक गर्ने, कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने गराउने, श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन तयार गर्ने
लेखा
२०८१०९१५

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
कार्यक्रम अधिकृत नियुक्त गर्नेः
आम्दा नेपाल केन्द्रीय कार्यालयमा रिक्त कार्यक्रम अधिकृत पदको पदपूर्तिका लागी तत्काल विज्ञापन प्रकाशन गर्ने ।
प्रशासन 
२०८१०९१०

६. गतहप्ताका संग्रहनिय तस्विरहरू
USAID Sustainable HIV Epidemic Control Provincial Inception Meeting_Biratnagar_20241202 Coordination meeting between AMDA Nepal, DDS and FHI360_CO Kathmandu_20241204

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.