Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-11
Expiry Date: 2022-12-18

आम्दा अस्पताल
खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।२५ गते
(अवधि वि.सं. २०७९।०८।१८ देखि २०७९।०८।२४ सम्म । ई.सं. २०२२, ४९ औं हप्ता)


३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा झापाको कमल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र आम्दा अस्पताल दमकको प्राविधिक सहयोगमा गाउँपालिको प्राङ्गणमा शिविर सम्पन्न भएको थियो । आम्दा अस्पताल बाट मानशिक रोग, हाडजोर्नि, छाला लगायतका रोगको रोग परिक्षण भएको थियो ।  निःशुल्क स्वास्थ्य शिविर बाट पुरुष १ सय ६० र महिला ९७ गरी जम्मा २ सय ५७ जना विरामीहरुले  आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा हाडजोर्नि ,नसा र छाला सम्बन्धिका समस्या बढी देखीएको स्वास्थ्य शाखा कमलले जानकारी दिएको छ ।

आम्दा अस्पताल, दमकमा नि:शुल्क पाठेघर (आंग) खस्ने रोगको उपचार सुरु l
आम्दा अस्पताल दमकमा MUSLIMS HUMANITY HELPING HAND FOR RELIEF AND DEVLOPMENT संस्थाको आर्थिक सहयोगमा महिलाहरूको पाठेघर (आंग) खस्ने रोगको नि:शुल्क शल्यकृया (Viginal Hysterectomy) कार्यक्रम मार्फत बिरामीको उपचार सुरु भएको छ l  
 संग्रहनिय तस्विरहरू

  ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवश_२०७९०८०३_कमल गाउँपालिका, दमक 


धन्यबाद !


 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.