जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०८।११ देखि २०७९।०८।१७ सम्म । ई.सं. २०२२, ४८ औं हप्ता)
१. कर बक्यौता
आन्तरिक राजश्व कार्यालय, जोरपाटीको मिति २०७९।०७।२० च.नं. १७४२ को पत्रानुसार आम्दा नेपालको नाममा कायम देखिएको जम्मा रू. ७,३०,६२,५७९।०० कर बक्यौता दाखिला गर्न निर्देश भइ आएकोमा वि.सं. २०७९।०८।१५ च.नं. ८७९० को पत्र साथ कर फरफारकका लागी तथ्य एवं कागजात सहित पेश गरिएको छ ।
२. संस्थाको क्षमता परिक्षण ।
आम्दा नेपालको साझेदार संस्था FHI360 को तर्फबाट परिचालित विज्ञहरूबाट मूलत संस्थाको नीति, नियम, कार्यविधि, सुशासन र प्राविधिक एवं कार्यक्रम सञ्चालन क्षमताको क्षेत्रमा निश्चित प्रश्नावलीका आधारमा हुदै आएको संस्थाको क्षमता परिक्षण (Organisational Capacity Assessment) पुनः वि.सं. २०७९।०८।१६ गतेबाट प्रारम्भ भएको छ ।
३. कर्मचारी पदपूर्ति सम्वन्धि परिक्षा सम्पन्न ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका लागी विभिन्न पदमा निवेदन आव्ह्रान सहित वि.सं. २०७९।०८।०९ गते प्रकाशित विज्ञापन बमोजिम मिति २०७९।०८।१७ गते लिखित परिक्षा एवं अन्तरवार्ता सम्पन्न भएको छ ।
४. स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर सञ्चालन
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन हुदै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ६ स्थित आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिकमा वि.सं २०७९।०८।१७ गते सञ्चालित परिक्षण शिविरमा जम्मा ३७ जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको छ । यस शिविरमा क्यान्सर रोग विज्ञ चिकित्सक डा. योगेन्द्र प्रसाद सिंह र डा. निभा वझाले क्रमशः स्तन र पाठेघर मुख परिक्षण टोलीको नेतृत्व गर्नु भएको थियो ।
५. नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०८।१९ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ ।
आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखा परिक्षण परिक्षण प्रतिवेदनमा आम्दा नेपालको व्यवस्थापन सुधार तथा सुशासनका विषयमा लेखा परिक्षकले प्रस्तुत गरेका सुझावहरू प्राथमिकताका साथ कार्यान्वयन गर्न/गराउन लेखा परिक्षण कार्ययोजना तयार गरी नियमित रूपमा सुधारको निगरानीको व्यवस्था गर्न श्री अन्जना कोइराला (लेखा शाखा) लार्इ तोकिएको छ ।
ख. प्रश्नपत्र बैंक खडा गर्ने ।
आम्दा नेपालले पदपूर्ति कार्यविधि अनुरूप प्रश्नप्रत्र बैंकलार्इ व्यवस्थित र प्रविधि मैत्री वनाउन तत्कालका लागी प्रश्नप्रत्रहरू संवन्धित विषय विज्ञहरूबाट अनलाइन प्रमाणीमा प्रविष्ठ हुन सक्ने वनाउने र प्रश्न पत्र बैंकबाट आवश्यक गोपनियता कायम गरी प्रश्नपत्रहरू आवश्यक परेको वखत स्वचालित तवरले तयार हुन सक्ने व्यवस्था गर्न श्री रामबाबु देव (आर्इटि शाखा) लार्इ तोकिएको छ ।
धन्यबाद !