Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-27
Expiry Date: 2023-12-03

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०८।११ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।०४ देखि २०८०।०८।१० सम्म । इ.सं. २०२३, ४७ औं हप्ता)

 
१. दशैं-तिहार विदा पश्चात पठनपाठन सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सम्पूर्ण संकायहरुको मिति २०८०/०८/०४ गते देखि दशैँ तिहार विदा पश्चात नियमित पठनपाठन शुरु भएको छ l
 
२. प्रयोगात्मक परीक्षा संचालन भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा  शैक्षिक सत्र २०८०/०८१ मा  सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको वार्षिक प्रयोगात्मक परीक्षा मिति २०८०/०८/०६ गते देखि संचालन भईरहेको छl
 
३. लैङ्गिक हिंसा विरुद्द सचेतना कार्यक्रममा सहभागिता
मिति २०८०/०८/०९ गते दमक नगरपालिकाले आयोजना गरेको  लैङ्गिक हिंसा विरुद्द सचेतना नगर परिक्रमा कार्यक्रममा यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक साथै विद्यार्थीहरुले सहभागिता जनाउनुभएको छ l उक्त कार्यक्रममा लैङ्गिक हिंसा विरुद्द सचेतना,सजग र सतर्कताको लागि नगर परिक्रमा साथै कार्यक्रममा विभिन्न सामाजिक संघ-संस्था र व्यक्तिहरुको सहभागिता रहेको थियो l
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.