Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-11-18
Expiry Date: 2024-11-23

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०८।०३ गते, सोमबार
अवधिः वि.सं. २०८१।०७।२५ देखि वि.सं. २०८१।०८।०१ गते सम्म (ई.सं. २०२४, ४६ औं हप्ता) ।
साप्ताहिक अंक: ४६/२०२४


१. आम्दा नेपालका अध्यक्षको निरिक्षण भ्रमण ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले कोशी प्रदेशमा आम्दा नेपालले सञ्चालन गर्दै आएका अस्पताल तथा परियोजनाहरूको वि.सं. २०८१।०७।२७ र २८ गते निरिक्षण भ्रमण सम्पन्न गर्नुभएको छ । यस भ्रमणमा आम्दा नेपालका सहसचिव डा. नविन ढकाल र सदस्य डा. यज्ञराज पाठक समेत साथमा रहनुभएको थियो । भ्रमण अवधिमा डा. दुलालले आम्दा नेपालका दातृ संस्था, साझेदार, परियोजना प्रमुख लगायत शुभचिन्तकहरूसँग समेत भेटघाट र छलफल गर्नुभएको छ ।

२. कर्मचारी छनौट ।
आम्दा नेपाल अन्तरगत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा रिक्त पदहरूमा पदपूर्तिका वि.सं. २०८१।०८।०२ गते अन्तिम नतिजा (सुचना नं. १०५२४) प्रकाशित गरिएको छ ।

३. वर्ष २०२५ को योजना गोष्ठीमा सहभागिता ।
UNHCR ले आयोजना गरेको भुटानी शरणार्थी सहयता परियोजनाको वर्ष २०२५ को योजना गोष्ठीमा आम्दा नेपालको तर्फबाट डा. दिनेश विनोद पोख्रेल, श्री सुमन नेपाल र रश्मी पुतुवार वि.सं. २०८१।०७।२६ गते सम्पन्न भएको छ ।

४. परियोजना प्रारम्भ बैठकमा सहभागिता ।
FHI360 ले वि.सं. २०८१।०७।२७ र २८ गते आयोजना गरेको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना रम्भ सम्वन्धि जानकारी बैठकमा आम्दा नेपालबाट सचिव डा. अनिल कुमार दास, परियोजना प्रमुख डा. किरण बाँस्तोला, श्री श्रृजत दाहाल, श्री रोहित पुतुवार, श्री अशोक चौधरी र रश्मी पुतुवार सहभागी हुनुभएको छ ।

५. सामाजिक सुरक्षा योगदान रकमको भुक्तानी ।
आम्दा नेपालले हालै सञ्चालन गरेको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनामा कार्यकरत कर्मचारीहरूको सामाजिक सुरक्षा योगदान वापतको भुक्तानी पछि शोधभर्ना लिने गरी संस्थाको तर्फबाट सामाजिक सुरक्षा कोषमा वि.सं. २०८१।०७।३० गते जम्मा गरिएको छ ।

६. आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन पेश ।
आ.व. २०८०/०८१ को अन्तिम लेखा परिक्षण सम्पन्न भइ साधारण सभाले अनुमोदन गरिसकेकोमा उक्त लेखा परिक्षण प्रतिवेदन वि.सं. २०८१।०७।२९ गते पेश गरिएको छ र आम्दा नेपालको आयकर छुट प्रमाणपत्र नविकरणका लागी च.नं. १०५१४ वि.सं.  २०८१।०७।२९ गतेको पत्र मार्फत आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा निवेदन पेश गरिएको छ ।

७. श्रम ऐन अनुकुल काम लगाउने । 
वि.सं.  २०८१।०७।२८ गतेको पत्र मार्फत आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ सामान्य अवस्थामा कर्मचारीहरूलाइ अतिरिक्त समय काममा लगाउँदा श्रम ऐन अनुकुल हुने गरी हप्तामा वढीमा २४ घण्टा मात्र काम लगाउन निर्देश गरिएको छ ।

८. सवारी साधन मरमत सम्भार । 
आम्दा नेपाल मातहतका कार्यालयमा प्रयोगमा रहेका सवारीसाधानहरूको मरमत संभारलाइ किफायती एवं भरपर्दो वनाउन वि.सं.  २०८१।०७।२८ गते परिपत्र मार्फत निर्देश गरिएको छ ।

९. तलब सुविधा पुनरावलोकन समिति गठन । 
आम्दा नेपालको नीतिगत व्यवस्था वमोजिम कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न कोषाध्यक्ष डा. माधव प्रसाद खनालको संयोजकत्वमा वि.सं. २०८१।०७।२१ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानसार निम्नानुसारको एक समिति गठन भएको छ ।
१०. क्यान्सर परिक्षण शिविर सञ्चालन । 
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण कार्यक्रम अन्तरगत वि.सं. २०८१।०८।०१ गते आम्दा आरोग्य क्लिनिकमा शिविर सञ्चालन सम्पन्न भएको छ ।

११. नियमित साप्ताहिक बैठक
वि.सं. २०८१।०८।०३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।​

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
स्थानिय व्यवस्थापनः
स्थानिय सहयोग परिचालन नीति तयार गराउने, स्थानिय व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने (तीन महले), स्थानिय व्यवस्थापन समितिको संरचना अध्यावधिक गराउने, स्थानिय व्यवस्थापन समितिको बैठकका निर्णयहरू अध्यावधिक गराउने, स्थानिय व्यवस्थापनमा आम्दा नेपाल, के.का.को सम्वन्ध विस्तारका लागी आवश्यक व्यवस्था मिलाउने
कार्यक्रम
२०८१०८२५
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.