Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-11-11
Expiry Date: 2024-11-16

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०७।२६ गते, सोमबार
अवधिः वि.सं. २०८१।०७।१८ देखि वि.सं. २०८१।०७।२४ गते सम्म (ई.सं. २०२४, ४५ औं हप्ता) ।
साप्ताहिक अंक: ४५/२०२४


१. आम्दा नेपालको ६५ औं साधारण सभा सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै आएका अस्पतालहरूमा थप विशिष्टिकृत सेवा विस्तार गर्दै लग्ने र गुणस्तरिय सेवा प्रदान गर्ने गैरनाफामुलक एवं भरपर्दो स्वाथ्य केन्द्रको रूपमा विकाश गर्ने संकल्प प्रस्ताव पारिद गर्दै डा. सुनु दुलालको अध्यक्षतामा वसेको आम्दा नेपालको ६५ औं साधारण सभा वि.सं. २०८१।०७।१७ गते सम्पन्न भएको छ ।

२. Safe Guarding Training ।
FHI360 द्वारा विरगञ्जमा आयोजित एक दिने Safe Guarding Training मा यूसएकएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनाका चिफ अफ पार्टी डा. किरण बाँस्तोला समेत सहभागी हुनुभएको छ ।

३. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०७।२६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
ढाँचा तथा मापदण्डः
आम्दा नेपालले सञ्चालन गरेका कार्यक्रमहरूमा प्रयोग हुने छपाइ नमूनाहरूको ढाँचा अध्यावधिक गर्ने र मापदण्डहरू निर्धारण गर्ने ।
कार्यक्रम
२०८१०६२९
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
ढाँचा तथा मापदण्डः
आम्दा नेपालका नियमावली तथा कार्यविधिहरूमा ढाँचा र मापदण्डहरूलाइ अनुसुचिमा राखिदै आएकोमा अवउप्रान्त ढाँचा र मापदण्डहरूलाइ अलग अलग संग्रहको रूपमा अध्यावधिक गर्दै लग्ने र संवन्धित नियमावली वा कार्यविधिमा उक्त संग्रहको क्रमसंख्या उल्लेख गरी दोहोरोपना हटाउदै लग्ने ।
​प्रशासन
२०८१०६३०
श्रद्धाञ्जली अर्पणः
आम्दा नेपालका पूर्व अध्यक्ष तथा आजीवन सदस्य डा. सरोज प्रसाद वझाकी ममतामयी आमा, आम्दा नेपालका आजीवन सदस्य डा. निभा लाकौल वझाकी सासुआमा, अम्बा देवी वझाको दुखद निधन भएकोमा मृतकको दिव्य अमरआत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तब्ध परिवारजनमा समवेदना प्रकट गर्ने ।
 
 
४. गतहप्ताका संग्रहनिय तस्विरहरू
आम्दा नेपालको ६५ औं साधारण सभामा पूर्वअध्यक्ष डा. पशुपति रेग्मीलाइ सम्मान अर्पण गर्दै अध्यक्ष डा. सुनुदुलाल
आम्दा नेपालको ६५ औं साधारणसभा_ काडमाण्डाैं_२०८१०७२४

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.