Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-11-04
Expiry Date: 2024-11-09

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०७।१९ गते, सोमबार
अवधिः वि.सं. २०८१।०७।११ देखि वि.सं. २०८१।०७।१७ गते सम्म (ई.सं. २०२४, ४४ औं हप्ता) ।
साप्ताहिक अंक: ४४/२०२४


१. आम्दा नेपालको ६५ औं साधारण सभाको तयारी ।
वि.सं. २०८१।०७।२४ गते आव्ह्रान भएको आम्दा नेपालको ६५औं साधारण सभाको सफल व्यवस्थापनका लागी कार्यकारिणी समितिले निर्देश गरे वमोजिमको तयारीका लागी कामको वाँडफाँड गरिएको छ ।

२. CT खरिदका लागी संझौता सम्पन्न  ।
आम्दा अस्पताल दमकका लागी १२८ स्लाइस क्षमताको एक थान CT Scan मशिन खरिद गर्न संझौता सम्पन्न भएको छ ।

३. विज्ञापन प्रकाशन ।
आम्दा नेपाल मातहतका शैक्षिक प्रतिष्ठानमा रिक्त विभिन्न पदहरूमा पदपूर्तिका लागिवि.सं. २०८१।०७।०५ गते विज्ञापन  प्रकाशन गरिएको छ । ।

४. नियमित बैठक  ।
वि. सं. २०८१।०७।१९ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
नियमित निरिक्षण र मरतसंभारः
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूको प्रयोग तथा जिम्मामा रहेका सरसामानहरूको नियमित निरिक्षण र मरमतसंभार गर्ने ।
प्रशासन
२०८१०८१०
कार्यक्रम स्विकृतिः
आम्दा नेपालले विदेशी संस्थाको आर्थिक सहयोग लिएर सञ्चालन गरेका परियोजनाहरूको कार्यक्रम स्विकृति लिन आवश्यक व्यवस्था गर्ने ।
कार्यक्रम
२०८१०८१५
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
साधारण सभाः
आम्दा नेपालको साधारण सभामा प्रस्तुतीका लागी आवश्यक विवरणहरू उच्च प्राथमिकताका साथ संकलन गरी तयार गर्ने ।
आइटि
२०८१०७२०

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.