दमक, झापा
प्रकाशन मितिः २०८१।०७।१२ गते, सोमवार
(अवधि वि.सं. २०८१।०७।०५ देखि २०८१।०७।११ सम्म । इ.सं. २०२४, ४३ औं हप्ता)
१. चाडपर्व विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/०८२ मा अध्ययनरत नियमित प्रविणता प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरूका विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूको चाडपर्व विदा (Festival Vacation) मिति २०८१ असोज २३ गते वुधवार देखि २०८१ कार्तिक २२ गते विहीवार सम्म सम्पूर्ण पठन पाठन वन्द रहने व्यहोरा सम्बन्धित सवै विद्यार्थीहरूलार्इ जानकारी गरार्इन्छ । साथै मिति २०८१ कार्तिक २३ गते शुक्रवार देखि नियमित रूपमा कक्षाहरू संचालन हुने गरि चाडपर्व विदा दिइएको छ । प्रशासनिक कर्मचारीहरूको चाडपर्व विदा आम्दा नेपालको विदा तालिका बमोजिम रहने छ।