Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-10-28
Expiry Date: 2024-11-02

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०७।१२ गते, सोमबार
अवधिः वि.सं. २०८१।०७।०४ देखि वि.सं. २०८१।०७।१० गते सम्म (ई.सं. २०२४, ४३ औं हप्ता) ।
साप्ताहिक अंक: ४३/२०२४


१. इपिक परियोजनाको अनुगमन मूल्याङ्कन ।
आम्दा नेपालले FHI360 को सहयोगमा सञ्चालन गरेको इपिक परियोजनाको समाज कल्याण परिषद्बाट हुने अनुगमन मूल्याङ्कनका लागी खटिनु भएका विज्ञ तथा टोली प्रमुख श्री राजीव चौधरी र टोली सदस्य श्री पेम्बा तामाङ्सँगको सवन्वय बैठक सम्पन्न भएको छ ।

२. व्यवस्थापन कार्यशाला सम्पन्न ।
आम्दा नेपालले आयोजना गरेको व्यवस्थापन कार्यशाला वि.सं. २०८१।०७।०८ र ०९ गते सञ्चालन भइ सफलतापूर्वक सम्पन्न भएको छ । यस पटकको कार्यशाला भर्चुअल माध्यमबाट सञ्चालन गरिएकोमा केहीवेर इन्टरनेटको गडवढी वाहेक पूर्णरूपमा राम्रो सँग सपन्न भएको छ ।

३. कर्मचारी नियुक्ति तथा अभिमुखिकरण ।
आम्दा नेपालले सञ्चालन गर्ने USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी परियोजना संझौतामा व्यवस्था भए वमोजिम छनौट पुरा भइ नियुक्त कर्मचारीहरू परियोजना सम्वन्धि अभिमुखीकरण सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०७।१२ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
संझौता तथा समझदारीः आम्दा नेपालले स्विकृत गरेको वार्षिक नीति, योजना तथा कार्यक्रममा समावेश भएको कार्यक्रम सञ्चालनका लागी गरिने संझौता वाहेक अन्य सबै प्रकारको संझौता आम्दा नेपालका अध्यक्षले मात्र गर्न सक्ने नीतिगत व्यवस्थाको कार्यान्वयन अवस्था रूजु गर्ने । हालसम्म भए गरेका संझौताहरूलाइ संग्रह गरी सुरक्षित राख्ने कार्यक्रम
२०८१०६२९

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
नयाँ सफ्टवेयर प्रयोगः आम्दा नेपालले छनौट गरेको ACAS प्रणालीलाइ आगामी मंसिर १ गतेबाट पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने । आइटि
२०८१०७३०

५. गतहप्ताका संग्रहनिय तस्विरहरू
USHEC Staf Placement and Orientation_Central Office_20241023
Management Workshop__Central Office, Kathmandu_20810708-09

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.