Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-10-23
Expiry Date: 2023-10-29

आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०७।१३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०७ ।०६ देखि २०८०।०७।१२ गतेसम्म (ई.सं. २०२३,४३औं हप्ता) ।
साप्ताहिक अंक: ४३/२०२३


१. फुटसल प्रतियोगिता सम्पन्न
मिति २०८० कार्तिक १० गतेका दिन फुटसल प्रतियोगिता सम्पन्न भयो । अस्पतालको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित फुटसल प्रतियोगितामा चिकित्सक र गैर-चिकित्सक गरि २ समूह बीच सम्पन्न प्रतियोगितामा चिकित्सक समूह विजयी भएको थियो ।

२. भलिबल प्रतियोगिता सम्पन्न
स्पतालको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित भलिबल प्रतियोगिता मिति २०८० कार्तिक ११  गतेका दिन सम्पन्न भयो । अस्पतालको प्रांगणमा सम्पन्न प्रतियोगितामा आम्दा-नेपालका कार्यकारी पदाधिकारी डा. ऋषिकेशनारायण श्रेष्ठ तथा मुख्य प्रशासक श्री सुदेश रेग्मीज्यूको समेत उपस्थिति रहेको थियो ।
 
३. स्थानीय व्यवस्थापन समिति बैठक   
मिति २०८० कार्तिक ११ गतेका दिन सि.बा.म.अस्पताल स्थानीय व्यवस्थापन समितिको बैठक सम्पन्न भयो । बैठकले २५औं वार्षिकोत्सवका अवसरमा निर्धारित कार्यहरूको समीक्षा गर्दै आवश्यक सुझाव दिनुका साथै मिति २०८० कार्तिक १६ गतेको मूल समारोहको रूपरेखालाई अन्तिम रुप दिएको थियो । स्थानीय व्यवस्थापन समितिका अध्यक्ष श्री खेलराज पाण्डेयज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय कार्यालयबाट कार्यकारी पदाधिकारी डा. ऋषिकेशनारायण श्रेष्ठ तथा मुख्य प्रशासक श्री सुदेश रेग्मीज्यूको समेत उपस्थिति रहेको थियो ।

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.