Published Date: 2024-10-28
Expiry Date: 2024-11-04
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०७।०५ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।२७ देखि वि.सं. २०८१।०७।०३ गते सम्म (ई.सं. २०२४, ४२ औं हप्ता) ।
साप्ताहिक अंक: ४२/२०२४
१. कागजात सुरक्षा व्यवस्था ।
आम्दा नेपालका संग्रहणीय सुचना, तथ्य एवं कागजातलाइ व्यवस्थित भण्डारण तथा सुरक्षा व्यवस्था मिलाउन सरोकारवाला कर्मचारीलाइ अभिमुखीकरण सहित केन्द्रीय कार्यालयको आइटी शाखा मार्फत डिजिटल कपी आम्दा नेपालको क्लाउडमा संग्रहको व्यवस्था मिलाइएको छ ।
२.खुदगन्ति तथा भौतिक परिक्षण ।
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ आआफ्नो जिम्मामा रहेका सरसामानहरूको खुदगन्ति तथा भौतिक परिक्षण सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ र केन्द्रिय कार्यालयको जिम्मामा रहेका सरसामानहरूको खुदगन्ति तथा भौतिक परिक्षण सम्पन्न गरी प्रतिवेदन पेश गर्न वित्त नियन्त्रक श्री रश्मी पुतुवारको संयोजकत्वमा एक टोली गठन गरिएको छ ।
३. नागरिक वडापत्र
आम्दा नेपालले प्रदान गर्ने सेवाहरूको वारेमा सुचनामूलक नागरिक वडापत्र अध्यावधिक गरी प्रकाशन गरिएको छ । आम्दा नेपालको अध्यावधिक नागरिक वडापत्रलाइ वेभसाइडमा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ ।
४. सफ्टवेयर सञ्चालन ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको एकिकृत लेखा व्यवस्थापन सफ्टवेयरलाइ अध्यावधिक गरी नयाँ प्रणाली (AMDA Comprehensive Accounting Software (ACAS)) प्रयोग गर्न आवश्यक व्यवस्था गर्न सेवा प्रदायक संग ।
५. व्यवस्थापन कार्यशाला ।
आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशाला भर्चुअल माध्यमबाट कार्तिक ८ र ९ गते सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०६।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
अनुगमन तथा मूल्याङ्कनः
समाज कल्याण परिषद्बाट हुनु पर्ने अनुगमन तथा मूल्याङ्कन सम्पन्न गराउने । |
कार्यक्रम
२०८१।०७।१५ |
२ |
विमाः
कर्मचारीहरूको विमा दावी फर्स्यौट गर्ने । |
जनशक्ति
२०८१।०७।१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. |
निर्णय सारांश |
जिम्मेवारी र समयतालिका |
१ |
व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालालाइ व्यवस्थित रूपमा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने र कार्यशालाको प्रतिवेदन कार्यकारिणीमा बुझाउन आवश्यक व्यवस्था गर्ने । |
|