Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2023-10-15
Expiry Date: 2023-10-21

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।०६ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।२८ देखि २०८०।०७।०४ गते सम्म (ई.सं. २०२३, ४२ औं हप्ता) ।
साप्ताहिक अंक: ४२/२०२३
 

१. कार्यकारिणी समितिको बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक मिति २०८०।०७।०३ गते विभिन्न विषयमा छलफल गरि सम्पन्न भएको छ । २. चाडपर्वको शुभकामना आदान प्रदान ।
वि.सं. २०८० को दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८०।०७।०३ मा आम्दा नेपाल केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।

३. आम्दा बंगलादेशका अध्यक्षसँगको भेट ।
आम्दा नेपालका वर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरूको टिमले नेपालमा आउनु भएका आम्दा बंगलादेशका अध्यक्ष बिच सौहार्द पुर्ण वातावरणमा भेटघाट गर्नु भएको छ ।

४. सिद्दार्थ बाल तथा महिला अस्पतालको २५औं वार्षिक उत्सव कार्यक्रम ।
आम्दा नेपालद्वारा सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको २५औं वार्षिकउत्सव मिति २०८०।०७।१६ गते भव्यताका साथ मनाउन आवश्यक तयार भैरहेको छ ।
 

५. नियमित साप्ताहिक बैठक

बि.सं २०८०।०७।१३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
१ योजना तथा कार्यक्रमः
आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
सुदेश रेग्मी  
२ अन्तिम लेखा परिक्षणः
आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने ।
 
रश्मी पुतुवार
२०८००५३१
आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण हस्ताक्षर भई असोज मसान्तमा आन्तरिक राजश्व कार्यालयमा पेश भयो ।
३ ICT अध्यावधिकः
आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । 
रामवाबु देव
२०८००५३०
 
 
 
४ आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा २०८००६३०
तयारी अन्तिम चरणमा
५ डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
२०८००६३०
 
 
६ श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

७ व्यवस्थापन कार्यशालाः
आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने ।
उमेश आचार्य अर्को हप्ता काठमाडौमा गर्ने, मिति तय हुन बाँकी ।
८ सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

 
धन्यबाद!

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//