MCH Project
Dang
१. गर्भवती महिलाहरुलाई अभिमुखीकरण
यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रमको अभियान चलिरहेको छ । गएको हप्ता गाउपालिकाका वडा न ६ को तल्लो मदपुर र वार्ड न १ को मलमलामा संचालन गरिएको कार्यक्रममा जम्मा १२ जना गर्भवती महिलाहरु र १० जना अभिवावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती महिला तथा उनीहरुका अभिभावकहरुलाई गर्भावस्थाको स्याहार, प्रसुतीको लागि पुर्व तयारि, खतराका लक्षण तथा चिन्हहरु, निरन्तर पुर्वाप्रसुती जाँच, संस्थागत प्रसुती जस्ता बिषय मा अभिमुखीकरण गरिएको थियो ।


२. कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रम
कोभिड १९ को रोकथाम तथा नियन्त्रण मा आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजनाले गढवा गाउँपालिका मा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । आम्दा नेपाल, रेडक्रस, सी पी नेपाल लगायत गाउँपालिका मा कार्यरत विभिन्न संघ संस्था हरु को समन्वय र सहकार्यमा गढवा गा. पा. वार्ड न. ६ गढवा बजार मा कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रम सुरु भएको छ । सो कार्यक्रममा गढवा बजारमा किनबेचमा आउने मानिसहरु, यात्रु तथा सबारी चालक सह चालक हरु लाई कोभिड १९ सम्बन्धी परामर्स दिनुका का साथै मास्क, सेनिटाईजर् तथा पम्प्लेट हरु वितरण गरिएको थियो । कार्यक्रम ८ दिन सम्म लगातार चल्ने छ ।
-384.jpg)
.jpg)
३. रेडियो कार्यक्रम मातृत्व संसार

आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपाल र गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा संचालित रेडियो कार्यक्रम मातृत्व संसारको भाग ८ र कोशेली भाग ७ गत शनिबार प्रसारण भयको छ । रेडियो कार्यक्रम द्वारा समुदायमा मातृ शिशु स्वास्थ्य सम्बन्धि जनचेतना फैलाई आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने परियोजनाको लक्ष रहेको छ । गत हप्ताको रेडियो कार्यक्रममा गाउघर क्लिनिक र यस बाट दीईने सेवा सम्बन्धि बिसयबस्तु समाबेश गरियको थियो भने कार्यक्रमको प्रश्नोत्तरमा सहि उत्तर दिनेहरु मध्ये गोला प्रथाद्वारा गढवा ३ गोबरडिहा निवासी महिला स्वास्थ्य स्वयं सेविका श्री शान्ता चौधरी लाइ बिजेता छनौट गरिएको थियो । बिजेतालाइ परियोजनाको तर्फबाट सामाजिक परिचालक अनुषा यादब ले पुरस्कार वितरण गर्नु भएको थियो ।