जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०६।२१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।३१३ देखि वि.सं. २०८१।०६।१९ गते सम्म (ई.सं. २०२४, ४० औं हप्ता) ।
साप्ताहिक अंक: ४०/२०२४
१. कार्यकारिणी समितिको १४ औं बैठक सम्पन्न ।
२. परियोजना संझौता सम्पन्न ।
३. कर्मचारी छनौट तथा नियुक्त ।
४. साधारण सभाको तयारी
५. सामाजिक परिक्षण
६. समझदारी तथा संझौताः
७. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०६।२१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | अनुगमन मूल्याङ्कनः परियोजनास्तरको समाज कल्याण परिषद् बाट सम्पन्न भएका अनुगमन मूल्याङ्कन प्रतिवेदन मार्फत प्राप्त सुझावहरूको कार्यान्वयन व्यवस्था गर्ने / गराउने । आम्दा नेपाल मातहतका कार्यालयस्तरमा सञ्चालित कार्यक्रमहरूको नियमित मूल्याङ्कनका लागी व्यवस्थापन कार्यशालामा आवश्यक छलफल गर्ने । |
कार्यक्रम २०८१०६२९ |
२ | विमाः आम्दा नेपाल मातहतका जुनसुकै कार्यालयले खरिद गरेको सम्पूर्ण विमालेखहरूको विवरण संकलन गरी अध्यावधिक गर्ने |
प्रशासन २०८१०६२२ |
४ | परियोजना प्रस्तावनाः दातृ निकायको सहयोगमा आम्दा नेपाल सञ्चालन गरेका परियोजनाहरूको स्विकृतिका लागी समाज कल्याण परिषद् मा निवेदन सहित तोकिएको ढाँचामा प्रस्तावना पेश गर्ने |
कार्यक्रम २०८१०६३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | बडा दशैं लक्षित कार्ययोजनाःवडादशैं लक्षित कार्ययोजना र कर्मचारीहरूको डिउटी प्रवन्ध गरी हेरचाहकर्ता कर्मचारीहरूलाइ जानकारी गराउने | |
धन्यबाद !