Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-28
Expiry Date: 2020-10-05

AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang 
मुख्य गतिविधिहरु:-
१. गर्भवती महिलाहरुलाई अभिमुखीकरण
यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ५१ जना गर्भवती महिलाहरु र २७ जना अभिवावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती महिला तथा उनीहरुका अभिभावकहरुलाई गर्भावस्थाको स्याहार, प्रसुतीको लागि पुर्व तयारि, खतराका लक्षण तथा चिन्हहरु, निरन्तर पुर्वाप्रसुती जाँच, संस्थागत प्रसुती जस्ता बिषय मा अभिमुखीकरण गरिएको थियो ।



२. सामुदायिक  स्वास्थ्य इकाई भवन निर्माण कार्य
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपालको  समन्वय र सहकार्यमा गढवा गाउँपालिकाको  वडा नम्बर १ कलाकाटे र वडा नम्बर २ चिमचिमेमा  सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ८ खबरी नाका मा गाउँ घर क्लिनिक भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । गत हप्ता वडा नम्बर १ कलाकाटे स्वास्थ इकाई भवनको ढलान कार्य सम्पन्न भएको छ भने करिब ४० दिन भित्रमा निर्माण कार्य सम्पन्न गरि गाउँपालिकालाइ हस्तान्तरण गर्ने परियोजना को लक्ष रहेको छ ।



३. खोप कार्यक्रम तथा स्वास्थ्य आमा समुहको बैठक मा सहजीकरण
यस परियोजनाका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिका वडा नम्बर १ र ४ मा खोप कार्यक्रम संचालनमा आबस्यक प्राबिधिक सहयोग तथा अभिभावक हरुलाई स्वास्थ्य शिक्षा र परामर्स गरेका छन् । यसै गरि  सामुदायिक परिचालक द्वारा स्वास्थ्य आमा समुहको बैठकमा समाबेस भइ स्वास्थ्य सम्बन्धि छलफलको बिषयमा सहजीकरण गरेका छन् ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.