Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-24
Expiry Date: 2024-09-29

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०६।०७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।३० देखि वि.सं. २०८१।०६।०५ गते सम्म (ई.सं. २०२४, ३८ औं हप्ता) ।
साप्ताहिक अंक: ३८/२०२४


१. व्यवस्थापन कार्यशालाको तयारी ।
आम्दा नेपालको वार्षिक कार्यक्रम तालिका अनुरूप प्रत्येक वर्ष आयोजना गरिदै आएको व्यवस्थापन कार्यशालाको तयारी स्वरूप मातहतका सम्पूर्ण कार्यालयहरूलाइ तोकिएको ढाँचामा आ.व. २०८०/०८१ को प्रगति समिक्षा, स्विकृत नीति, नियमावली तथा कार्यविधि संशोधनका लागी तीन महले एवं रणनितिक योजना (२०८१-२०८६) तयार गरी वि.सं. २०८१।०६।२० गते भित्र पेश गरिसक्न परिपत्र (च.नं. १०३४९, मितिः २०८१।०५।३१) गरिएको छ ।

२. श्रम परिक्षणको तयारी ।
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ प्रचलित कानून वमोजिम श्रम परिक्षण सम्पन्न गरी वि.सं. २०८१।०६।२० गते भित्र श्रम परिक्षण प्रतिवेदन पेश गरिसक्न परिपत्र (च.नं. १०३४८, मितिः २०८१।०५।३१) गरिएको छ ।

३. परियोजना समापन तयारी अनुगमन ।
आम्दा नेपाल र FHI360 विच सम्पन्न संझौताको अधिनमा सञ्चालन हुदै आएको र्इपिक परियोजना सन् २०२४ सेप्टेम्बर ३० तारेखबाट अन्त हुन लागेकोमा संस्थाका सचिव डा. अनिल कुमार दास र कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीबाट उक्त परियोजनाको समापन तथा प्रतिवेदन तयारीको अनुगमन सम्पन्न भएको छ । अनुगमनका क्रममा उक्त टोलीले विर्तामोड स्थित कार्यालय र इटहरी स्थित कार्यालयमा कर्मचारीहरूलाइ सामुहिक भेटघाट समेत गरी परियोजनामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले परियोजनाको सफल कार्यान्वयनमा पुर्याउनु भएको योगदानका लागी आम्दा नेपाल संस्थाको तर्फबाट धन्यवाद समेत प्रदान गरिएको छ ।

४. लिखित परिक्षा तथा अन्तरवार्ता सम्पन्न ।
आम्दा नेपालले अक्टोवर १, २०२४ देखी सञ्चालन गर्ने तयारी रहेको USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी आवश्यक कर्मचारी पदपूर्ति गर्न वि.सं. २०८१।०५।२६ गते प्रकाशित सुचना नं. १०२८९ वमोजिम वि.सं. २०८१।०६।०४ र २०८१।०६।०५ गते दूइ चरणमा लिखित तथा अन्तरवार्ताको कार्यक्रम सम्पन्न भएको छ ।

५. राजीनामा प्राप्त ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न समझदारी अनुरूप सञ्चालन हुदै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजनामा सन् २०२१ देखी कार्यरत बरिष्ठ कार्यक्रम अधिकृत श्री श्रृजना श्रेष्टले राजिनामा दिनुभएकोमा निजको उज्वल भविष्यको कामना गरिएको छ ।

६. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०६।०७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
साधारण सभाको तयारीः आम्दा नेपालको ६५औं साधारण सभालाइ व्यवस्थित रूपले सञ्चालन गर्न कामको वाँडफाँड सहित तयारी प्रारम्भ गर्ने । कार्यक्रम
२०८१०६१०
सामाजिक परिक्षणः आम्दा नेपाल मातहतका कार्यालयहरू मार्फत प्रवाह गरिदै आएका सेवा तथा कार्यक्रमहरूको सामाजिक परिक्षण कार्यविधिमा तोकिए वमोजिम सामाजिक परिक्षण सम्पन्न गरी वि.सं. २०८१।०७।१५ गते भित्र सामाजिक परिक्षण प्रतिवेदन पेश हुने व्यवस्था मिलाउने । कार्यक्रम
२०८१०७१५
समझदारी तथा संझौताः आम्दा नेपालले अन्य पक्ष संग गरेका समझदारी तथा संझौताहरूको सुची अध्यावधिक गर्ने र संझौताहरूमा तोकिएका शर्त पालनका लागी आवश्यक व्यवस्था गर्ने । कार्यक्रम
२०८१०६३०
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
सामान खरिदः आम्दा नेपालको स्विकृत वार्षिक नीति, योजना, कार्यक्रम तथा वजेटमा समावेश भएको कार्यक्रम सञ्चालनका लागी श्रोत सुनिश्चित गरी आवश्यक सरसामान खरिद गर्ने/गराउने ।
आन्तरिक लेखा परिक्षणः आन्तरिक लेखा परिक्षकका सुझाव कार्यान्वयनका कार्यालयस्तरको कार्ययोजना लागु गर्ने/गराउने र अध्यावधिक विवरण रेकडमा राख्ने । /लेखा

घन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.