Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-09-21
Expiry Date: 2020-09-28

AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang
मुख्य गतिविधिहरु:-

१ ) सातौ परिवार योजना दिवस कार्यक्रम सम्पन्न
गढवा गाउँपालिका संगको  समन्वयमा आम्दा नेपाल द्वारा सातौ पारिबार योजना दिबस (September 18, 2020) कार्यक्रम गढवा गाउँपालिका भरि भब्यताका साथ सम्पन्न भएको छ  “कोभिड १९ को अवस्था गुणस्तरीय परिवार योजना सेवाको निरन्तररता”  भन्ने मूल नाराका साथ गढवा गाउँपालिका का विभिन्न टोल टोल मा जनचेतना मुलक सन्देस हरु बजाईएको थियो भने परिवार योजना सम्बन्धि पम्प्लेट र पोस्टरहरु पनि बितरण गरिएको थियो । सोहि दिवसको अवसर पारेर गढवा गाउँपालिका वार्ड न. ८ कोइलाबास स्वास्थ्य चौकीमा आम्दा नेपाल मातृ शिशु स्वास्थ्य परियोजनाका कार्यक्रम प्रबन्धक तथा स्वास्थ चौकी इन्चार्जको उपस्तिथिमा  १ कार्यक्रम गरि लक्षित् समूहलाई परिवार योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
 

२ ) रेडियो कार्यक्रम “मातृत्व संसार”

आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना र गढवा गाउँपालिकाको समन्वयमा रेडियो साझा आवाज ८८.३ मेघाहर्ज बाट रेडियो कार्यक्रम “मातृत्व संसार”  प्रसारण भैरहेको छ । रेडियो कार्यक्रम मार्फत समुदाय स्तरमा सचेतना फैलाई आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउने परियोजनाको लक्ष रहेको छ । कार्यक्रमको विभिन्न अंसहरु मध्य मातृशिशु स्वास्थ्य सम्बन्धि प्रश्नोत्तर कार्यक्रम पनि राखिएको छ, जस अन्तर्गत गत हप्ताको कार्यक्रममा सहि जवाफ दिने आमा समुहका सदस्यहरु मध्ये गोला प्रथा द्वारा छनौट गरि गढवा १ चिसापानी निवासी सयपत्री स्वास्थ्य आमा समुहकी सदस्य श्री रमा डाला लाइ परियोजनाका कार्यक्रम अधिकृत केशब राज ओझाले पुरस्कार हस्तान्तरण गर्नु भयो ।





३ ) सामुदायिक  स्वास्थ्य इकाई भवन निर्माण कार्य
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपालको  समन्वय र सहकार्यमा गढवा गाउँपालिकाको  वडा नम्बर १ कलाकाटे र वडा नम्बर २ चिमचिमेमा  सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ८ खबरी नाका मा गाउँ घर क्लिनिक भवन निर्माण कार्य निरन्तर अगाडी बढिरहेको छ । निर्माण कार्यमा वडा अध्यक्ष तथा स्थानियहरुद्वारा आबस्यक समन्वय तथा सहयोग भैरहेको छ भने परियोजना का कर्मचारीहरु द्वारा उक्त निर्माण कार्यको निरन्तर अनुगमन तथा सुपरिबेक्षण भैरहेको छ ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.