Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-08
Expiry Date: 2024-09-14

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०५।३१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।२३ देखि २०८१।०५।२९ गतेसम्म (ई.सं. २०२४, ३७औं हप्ता) ।
साप्ताहिक अंक: ३७/२०२४
 
१. मेडिकल अधिकृत छनोट  
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालले मिति २०८१/०५/१६ गते मेडिकल अधिकृत पदका लागि गरेको पदपूर्तिको विज्ञापन अनुसार मिति २०८१/०५/२४ गते सम्पन्न भएको लिखित परिक्षामा उत्तीर्ण परिक्षार्थीहरूको मिति २०८१/०५/२५ गते अन्तर्वार्ता सम्पन्न गरि अन्तिम नतिजा प्रकाशन गरियो । मेडिकल अधिकृत पदमा डा. रबाब बानु, डा. बिबेक सिंह, डा. दीक्षा चापागाईं र डा. सुजल कुंवर सफल हुनुभयो भने डा. जीवन ढकाल र डा. सुबास देवकोटा वैकल्पिक उम्मेदवार रहनुभयो ।
 
२. आन्तरिक लेखा परिक्षण सम्बन्धि अभिमुखीकरण   
मिति २०८१/०५/२६ गतेका दिन आम्दा-नेपाल केन्द्रीय कार्यालयको अग्रसरतामा आन्तरिक लेखा परिक्षण सम्बन्धि अभिमुखीकारण सम्पन्न भयो । आन्तरिक लेखा परीक्षक श्री उमेश आचार्यले सहजीकरण गर्नुभएको अभिमुखीकरणमा सि.बा.म. अस्पतालबाट मे.सु. डा. विनोद कुमार पराजुली, प्रशासक श्री खगेन्द्र क्षेत्री र लेखा प्रमुख श्री शिव प्रसाद कंडेल सहभागी हुनुभयो ।
 
३. विपन्न बिरामीलाई आर्थिक सहयोग    
   सिद्धार्थ बाल तथा महिला अस्पतालको PICU मा उपचाररत मर्चवारी -७, बगौलीकी ३ वार्षिया परी चौधरीलाई मारवाडि महिला मंचबाट ने. रू. ३०,०००/- सहयोग प्राप्त भयो ।
 
तस्विरहरू:
मारवाडि महिला मंचद्वारा आर्थिक सहयोग प्रदान गरिंदै
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.