Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-09-16
Expiry Date: 2024-09-21

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०५।३१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।२३ देखि वि.सं. २०८१।०५।२९ गते सम्म (ई.सं. २०२४, ३७ औं हप्ता) ।
साप्ताहिक अंक: ३७/२०२४


१. कार्यकारिणी समितिको १३ औं बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा वि.सं. २०८१।०५।२४ गते, केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको १३ बैंठक सम्पन्न भएको छ ।

२. लेखा परिक्षणका सुझाव कार्यान्वयन ।
आ.व. २०८०/०८० को लेखा परिक्षणले सुझाएका विषयहरू प्राथमिकताका साथ कार्यान्वयन गर्न सुझाव सहित सवन्धित कार्यालयहरूलाइ पत्राचार (च.नं. १०३४०, वि.सं. २०८१।०५।२६ गते ) गरिएको छ ।

३. दरभाउ आव्ह्रान ।
आम्दा नेपाल, केन्द्रीय कार्यालयका लागी आवश्यक छपाइ सम्वन्धि सरसामान खरिदका लागी वि.सं. २०८१।०५।२७ गते दरभाउ आव्ह्रान सहित सूचना नं. १०३४१  प्रकाशन गरिएको छ ।

४. पदपूर्ति सम्वन्धि सुचना प्रकाशन ।
USAID USAID Sustainable HIV Epidemic Control Project) १०२८९ प्रकाशन गरिएको छ ।

५. क्यान्सर परिक्षण कार्य योजना ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच वि.सं. २०८१।०५।०५ (संझौता नं. १०२७७) गते सम्पन्न संझौता बमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षणका लागी कार्ययोजना तयार भएको छ ।

६. नियमित साप्ताहिक बैठक
बि.सं. २०८१।०५।३१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
व्यवस्थापन कार्यशालाः आ.व. २०८१/०८२ का स्विकृत कार्ययोजना, नीति, नियमावली एवं कार्यविधिहरूमा संशोधन प्रस्ताव उपर छलफलका लागी वि.सं. २०८१।०७।०५ गते अगावै प्रतिवेदन समेत तयार भइ सक्ने गरी व्यवस्थापन कार्यशाला आयोजना गर्ने  । कार्यक्रम
२०८१०६१०
श्रम परिक्षणः आ.व. २०८०/०८१ को श्रम परिक्षण सम्पन्न गरी वि.सं. २०८१।०६।२० गते अगावै सवन्धित श्रम कार्यालयमा प्रतिवेदन बुझाइ सक्ने व्यवस्था मिलाउने । प्रशासन
२०८१०६०६
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
अन्तरशाखा समन्वय वैठकः समसायिक विषयमा छलफल गर्नु परेमा वा अन्य कार्यालयहरूबाट आएक चिठी पत्रहरूको अन्तरशाखा समन्वय आवश्यक देखिएमा हरेक दिन दिनको ३ वजे चिया समयमा अन्तरशाखा समन्वय बैठक  गर्ने र तत्काल समाधानका विकल्प सहित उपयुक्त निर्णयार्थ पेश गर्ने/गराउने ।
समवेदनाः आम्दा अस्पताल दमकमा कार्यरत प्रशासक श्री सुमन नेपालको ममतामयी आमाको स्वर्गारोहण भएको यस दुखद घडीमा मृतकको आत्माको चिरशान्तीको कामना सहित शोकशन्तब्ध परिवारजनमा समबेदना प्रकट गर्ने ।

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.