Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-09-02
Expiry Date: 2019-09-15

मितिः २०७६।०५।१६
 
साप्ताहिक समाचार
१. मेचीनगर नगर प्रमुखसँग भेटघाट तथा छलफल
मेचीनगर नगरपालिकाका नगरप्रमुख श्री बिमल आचार्य र मेचीनगर उद्योग बाणिज्य संघका अध्यक्ष श्री ऋषिराज तिमल्सिनाले आम्दा मेची अस्पतालको सेवा एवं भौतिक पूर्वाधार विकासका विषयमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंह लगायतका पदाधिकारीहरूसँग मिति २०७६।०५।१५ गते साँझ छलफल सामुहिक गर्नु भएको छ । यसै क्रममा मेचीनगर नगरप्रमुख र मेची उद्योग वाणिज्य संघका अध्यक्षले मिति २०७६।०५।१३ गते आम्दा नेपालको केन्द्रीय कार्यालयमा उपस्थित भइ, आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालन निर्देशिका, आम्दा मेची अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम लागु गर्न हाल सम्मको प्रगति, आम्दा मेची अस्पतालमा उपकरण थप गर्न आवश्यक प्रवन्ध गर्ने लगायतका विषयमा जानकारी लिनुभएको थियो ।
२. आम्दा इन्टरनेशलका अध्यक्ष डा. शिगेरू सुगानामीको नेपाल भ्रमण
आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी अन्य केही विदेशी पाहुनाहरूको साथमा चार दिने नेपाल भ्रमणको सिलशिलामा मिति  २०७६।०५।१४ गते काठमाण्डौ आइपुग्नु भएको छ । नेपाल भ्रमणक्रममा डा. सुगानामीले सिद्दार्थ बाल तथा महिला अस्पतालको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । मिति २०७६।०५।१५ गते डा. सुगानामीको सम्मानमा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहले कार्यकारिणी समितिका सदस्यहरूको साथमा सामुहिक भेटघाट र स्वागत अर्णय गर्नु भएको छ ।
३. प्रबन्ध समितिको बैठक सम्पन्न
आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०५।११ गते निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ ।
क. विशेष सेवा करारमा नियुक्त विषेशज्ञ चिकित्सकहरूको भत्ता पुनरावलोकन ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.