Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-26
Expiry Date: 2024-08-31

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०५।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।०२ देखि वि.सं. २०८१।०५।०८ गते सम्म (ई.सं. २०२४, ३४ औं हप्ता) ।
साप्ताहिक अंक: ३४/२०२४


१. आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सव समारोहमा सहभागिता ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल र उपाध्यक्ष डा. संगिता बराल बस्नेतले, इन्डोनेशियाको बाली शहरमा सन् १७ - १९ अगष्ट २०२४ सम्म आयोजित आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सव समारोहमा भाग लिइ नेपाल फर्किनु भएको छ । आम्दा नेपालको तर्फबाट अध्यक्ष डा. सुनु दुलालले आम्दा इन्टरनेशनल मेडिकल कजेल स्थापनको संभावना र चुनौति समटिएको एक अवधारणा समेत प्रस्तुत गर्नु भएको छ ।

२. परामर्श बैठक सम्पन्न
वि.सं. २०८१।०५।०७ गते दमकबासी सामाजिक अभियन्ताहरू श्री अम्बिका खनाल, श्री वोधराज घिमिरे, श्री यज्ञराज गिरी, डा. नेत्र बहादुर बुढाथोकी, श्री ढुण्डिराज भण्डारीसँग आम्दा नेपालका सचिव डा. अनिल कुमार दास, कार्यक्रम निर्देशक सुदेश रेग्मी र वित्त नियन्त्रक श्री रश्मी पुतुवार, प्रशासक श्री सुमन नेपालले आम्दा अस्पताल दमकको सेवा सुदृढीकरण तथा पूर्वाधार विकाशका विषयमा परामर्श बैठक सम्पन्न गर्नुभएको छ ।

३. Accounting Software खरिद सम्वन्धि सुचना प्रकाशन ।
आम्दा नेपालको प्रयोजनको लागी Accounting Software खरिद गर्न वि.सं. २०८१।०५।०४ गते सुचना (10200) प्रकाशन गरिएको छ ।  

४. सामाजिक सञ्जाल निर्माण ।
आम्दा नेपालमा आवद्ध कर्मचारीहरू विचको सुचना आदान प्रदान प्रणालीलाइ थप व्यवस्थित गर्नका लागीस्विकृत कार्यविधिका आधारमा एक सामाजिक सञ्जाल (Whatsapp) समुह निर्माण गरिएको छ ।
५. नियमित साप्ताहिक बैठक
बि.सं. २०८१।०५।१० गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं.
 
कामको विवरण
 
समयतालिका र जिम्मेवारी प्रगति विवरण
     
     
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
जनशक्ति व्यवस्थापनः  आ.व. २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन प्रमाणित गर्ने/गराउने । जनशक्ति
२०८१०५१५
आन्तरिक व्यवस्थापनः  स्विकृत आन्तरिक व्यवस्थापन कार्यविधि अनुरूप आन्तरिक व्यवस्थापन समिति अध्यावधिक गर्ने/गराउने । आइटि
२०८१०५१५
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
   
   
   

घन्यबाद !
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.