आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
प्रकाशन मितिः २०८०।०५।११ गते, सोमवार
(अवधि वि.सं. २०८०।०५।०४ देखि २०८०।०५।१० सम्म । इ.सं. २०२३, ३४ औं हप्ता)
१. आन्तरिक मुल्यांकन परिक्षा शुरु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामान्य चिकित्सा तर्फका दोश्रो वर्षमा अध्यनरत विद्यार्थीहरुको दोश्रो आन्तरिक मुल्यांकन परिक्षा मिति २०८०/०५/०६ गते देखि शुरु भएको छ l
२. सामान्य चिकित्सा तेस्रो वर्षको अन्तरिक परिक्षाको नतिजा प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामान्य चिकित्सा तर्फका तेश्रो वर्षको विद्यार्थीहरुको दोश्रो आन्तरिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ l
३. अधिकृत(नर्सिंग) पदको अन्तिम नतिजा प्रकाशित
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अधिकृत(नर्सिंग) पदको लागि लिएको परिक्षाको नतिजा मिति २०८०/०५/०४ गते प्रकाशन गरेको छ l
४. शैक्षिक सत्र २०८०/८१ को प्रवेश परिक्षा सम्पन्न
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तरगत यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा सञ्चालित नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरूको शैक्षिक सत्र २०८०/०८१ का लागि विभिन्न परीक्षा केन्द्रहरूमा प्रवेश परीक्षा मिति २०८०/०५/०९ गते सम्पन्न भएको छ l
त्यस मध्ये आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक केन्द्रमा सञ्चालित मेडिकल ल्याव टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरूको प्रवेश परीक्षा सोही दिन उक्त परीक्षाको नतिजा प्रकाशन गरिएको छ।
५. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ संकायको अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l