Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-19
Expiry Date: 2024-08-24

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०५।०४ गते, मंगलबार
अवधिः वि.सं. २०८१।०४।२७ देखि वि.सं. २०८१।०५।०१ गते सम्म (ई.सं. २०२४, ३३ औं हप्ता) ।
साप्ताहिक अंक: ३३/२०२४

१. यूएसएड समक्ष प्रस्तावना पेश ।
आम्दा नेपालले सन् २०२४ अक्टोबर १ देखी झापा, मोरङ्, सुन्सरी र इमाल जिल्ला भित्र उच्च जोखिम समुदाय वर्ग लक्षित एचआइभि महामारी नियन्त्रण सम्वन्धि कार्यक्रम सञ्चालनका लागी वि.सं. २०८१।०४।२८ गते USAID समक्ष प्राविधिक प्रस्ताव वुझाइएको छ ।

२. शूल्क छुटको व्यवस्था ।
आम्दा नेपालले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरूमा भर्ना हुने चाहने विद्यार्थीहरूलाइ शुल्क छुटको व्यवस्था कायम गरी च.नं. १०१९८ वि.सं. २०८१।०४।३० गतेको पत्र मार्फत सहमति प्रदान गरिएको छ ।
 
३. 
नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०५।०४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
ढाँचा नमूनाः
कार्यालय प्रयोजनको लागी प्रयोग हुने छपार्इ नमूना प्रयोग कार्यविधि तयार गर्ने, हाल प्रचलनमा रहेका छपार्इ नमुना संकलन गरी अध्यावधिक गराउने, नयाँ ढाँचा एवं नमुना प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउने, नयाँ ढाँचा र नमुनालार्इ वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने
कार्यक्रम
२०८१०७२०
नागरिक वडापत्रः
वडापत्र प्रकाशन कार्यविधि अध्यावधिक गर्ने, हाल प्रकाशित नागरिक वडापत्रको फोटो संकलन गर्ने, बडापत्र अध्यावधिक गर्ने, कार्यक्रमको वारेमा सुचना प्रवाह गरी संवन्धित निकायमा जानकारी दिने
कार्यक्रम
२०८१०७२०
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.