Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-08-13
Expiry Date: 2023-08-19

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०५।०४ गते, सोमवार
अवधिः वि.सं. २०८०।०४।२८ देखि २०८०।०५।०४ गते सम्म (ई.सं. २०२३, ३३ औं हप्ता) ।
साप्ताहिक अंक: ३३/२०२३


१. आम्दा ईन्टरनेशनलको प्रतिनिधिको भ्रमण
आम्दा ईन्टरनेशनलका कार्यक्रम अधिकृत (Project Officer) श्री अर्चना जोशीको नेतृत्वमा  AMDA Junior and High School Students Club को टोलीले नेपालको पुर्वि समुदायको साँकृतिक परम्परा एवं रहनसहनका वारेमा जानकारी लिई मिति २०८०।०४।२५ गते आम्दा नेपाल केन्द्रिय कार्यालयको समेत स्थलगत भ्रमण सम्पन्न भएको छ ।

२. पदपुर्तिको सूचना प्रकाशन
आम्दा नेपालले पदपुर्ति समितिले आम्दा अस्पताल, दमकको प्रयोजनका लागी आवश्यक स्त्रि तथा प्रसुति रोग विषेशज्ञ पदको पदपुर्ति गर्न मिति २०८०।०४।३२ गते पदपुर्तिको सूचना प्रकाशन गरिएको छ ।

३. क्यान्सर परिक्षण शिविर सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. २, नयाँपाटीको घ्याङ् गुम्बामा स्तान तथा पाठेघर मुखको क्यान्सरको परिक्षण क्याम्पमा ३० देखि ६० वर्ष उमेर समुहका जम्मा ५१ महिलाहरुले मिति २०८०।०५।०२ गते परिक्षण सेवा लिनु भई क्याम्प सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि. सं २०८०।०५।०४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
 
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । २०८००३२२
अच्युत सापकोटा
 
 
 
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू 
क्र.सं. कामको विवरण समय तालिका र जिम्मेवारी प्रगति विवरण
जनशक्ति व्यबस्थापन
का.स.मु. संकलन गर्ने, तलव भत्ता सफ्टवेयर प्रणाली मार्फत वितरण गर्ने, कर्मचारीहरुको विवरण अध्यावधिक गर्ने ।
२०८००५३०
अच्युत सापकोटा

 

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश समय तालिका जिम्मेवारी प्रगति विवरण
मोटरसाईकल प्रयोग सम्मन्धमाः
आम्दा नेपालको नाममा रहेको Provence 3-02, 008-Pa-659 पल्सर मोटरसाईकल यस कार्यालयका प्रशासक उमेश प्रसाद आचार्यको जम्मामा रहने र Provence 3-02, 008-Pa-659 स्कुटी यस कार्यालयका वित्त नियन्त्रक रश्मी पुतुवारको जम्मामा रहने गरि मोटरसाईकलको साँचो र लगबुक जिम्मा लगाउने, अन्य कर्मचारीहरुलाई कार्यालयको प्रयोगका लागि आवश्यक परेमा समय मिलाई जोसुकैले साधनको प्रयोग गर्न सक्ने व्यबस्था मिलाउने निर्णय गरियो ।  
 

 

सवारी चालकको अतिरिक्त समयः
आम्दा नेपालमा कार्यरत सवारी चालकहरुको प्रयोग श्रम ऐन विपरित दिनमा ४ घण्टा भन्दा बढी प्रयोग भएकोमा यसलाई श्रम ऐन विपरित नहुने गरि व्यबस्था मिलाउने निर्णय गरियो । 
 

 

 
घन्यबाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.