Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-12
Expiry Date: 2024-08-18

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०४।२८ गते, सोमवार
(अवधि वि.सं. २०८१।०४।२१ देखि २०८१।०४।२७ सम्म । इ.सं. २०२४, ३२ औं हप्ता)

 
 १. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका विद्यार्थीहरूको आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
३. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
४. विद्यार्थी भर्ना
शैक्षिक सत्र २०८१/०८२ का लागि नर्सिङ्ग, सामान्य चिकित्सा,  मेडिकल ल्याव टेक्नोलोजी र  फिजियोथेरापी कार्यक्रमको मिति २०८१ श्रावण १९ गते सम्पन्न प्रवेश परीक्षामा सफल भएको विद्यार्थीहरूको भर्ना प्रक्रिया शुरू भएको छ ।
५. Meeting with Grand Presentation 
नर्सिंग तेस्रो वर्षका विद्यार्थीहरुले पाठ्यक्रम अनुसार Meeting with grand presentation मिति २०८१।०४।२७ गते सम्पन्न भएको छ।
६. अवलोकन भ्रमण
शैक्षिक सत्र २०८१/२०८२ का मेडिकल ल्याव टेक्नोलोजी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई दूध स्वच्छता प्रक्रिया र अस्पतालको फोहोर व्यवस्थापन प्रक्रिया विषयका लागि क्रमशः मिति २०८१/०४/२७ गते इटाभट्टा, धुलाबारी, झापा र मिति २०८१.०४.२७ गते मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी, मोरङमा अवलोकन भ्रमण लगिएको थियो।
७. पोषण प्रदर्शनी कार्यक्रम
शैक्षिक सत्र २०८१/०८२ मा अध्ययरत नर्सिंग दोस्रो वर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरुले आयोजना गरेको तीन दिने पोषण प्रदर्शनी कार्यक्रम श्री पाणिनी माध्यमिक विद्यालय, दमक-९ मा सम्पन्न भएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.