आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
प्रकाशन मितिः २०८०।०४।२२ गते, सोमवार
(अवधि वि.सं. २०८०।०४।१५ देखि २०८०।०४।२१ सम्म । इ.सं. २०२३, ३१ औं हप्ता)
१. विद्यार्थीहरुलाई क्लिनिकल पोष्टिङ्गको लागि पठाईएको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत सामान्य चिकित्सा दोश्रो वर्ष तर्फका विद्यार्थीहरुलाई आम्दा अस्पताल दमक, लखनपुर हेल्थ पोस्ट र गौरादह नगर अस्पतालमा मिति २०८०/०४/१५ देखि २०८०/०६/०१ सम्म क्लिनिकल पोष्टिङ्गको लागि पठाईएको छ l
२. शैक्षिक सत्र २०८०/०८१ आवेदन फारम भर्ने अन्तिम मिति विस्तार गरिएको
प्राविधिक शिक्षा तथा तालीम परिषद्को मिति २०८०/०४/१८ सूचना बमोजिम शैक्षिक सत्र २०८०/०८१ भर्ना प्रक्रियाको लागि आवेदन फारम भर्ने मिति २०८०/०४/२६ गते सम्मको लागि विस्तार गरिएको छ l यसै अनुरुप आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सम्पूर्ण संकायको लागि पुनः आवेदन फारम बुझिरहेको छ l
३. विश्व स्तनपान दिवस कार्यक्रममा सहभागिता
मिति २०८०/०४/१६ गते लखनपुर स्वास्थ्य चौकीमा विश्व स्तनपान दिवसको अवसरमा आयोजित विश्व स्तनपान सप्ताह कार्यक्रममा यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरु द्वारा “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिवद्धता” को मूल नारा सहित विभिन्न जनचेतना मुलक कार्यक्रममा सहभागिता जनाएको छ l
४. स्कुल स्वास्थ्य कार्यक्रम संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका अन्तिम वर्षका विद्यार्थीबाट मिति २०८०/०४/१७ गते मेचीनगर १०, धुलाबारीमा अवस्थित श्री शिसु साक्षर आधारभूत बिद्यालयमा स्कुल स्वास्थ्य कार्यक्रम संचालन संचालन गरिएको छ l
५. निरन्तर कक्षा संचालन साथै क्लिनिकल पोष्टिङ्ग भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सा र नर्सिङ संकायको अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको क्लिनिकल पोष्टिङ्गको निमित्त आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l
६. क्लिनिकल पोष्टिङ्गको लागि कर्मचारी आवश्यक
प्रतिष्ठान अन्तरगत सञ्चालित नर्सिङ्ग कार्यक्रमको क्लिनिकल पोष्टिङ्ग सञ्चालन गर्न एक जना नर्सिङ्ग अधिकृत आवश्यक देखिएकोले दुइ महिनाका लागि विज्ञापन गरिएको छ।