MCH Project, Daang
AMDA MCHP को CPAC Meeting सम्पन्न
मिति २०७६ पुष २७ गते आम्दा नेपाल MCH Project, Dang को CPAC Meeting सम्पन्न भएको छ । विभिन्न मन्त्रालय स्तरीय सरोकारवालाहरुको सहभागिता रहेको मिटिंगमा आम्दा नेपाल केन्द्रीय कार्यालयका बरिस्ठ प्रशासक श्री सुदेश रेग्मी, MCH Poject का कोअर्डिनेटर् डा. ऋषिकेश नारायण श्रेष्ठ को उपस्थिति रहेको थियो भने आम्दा माईन्ड्सको तर्फबाट Acting country director Kaeko Okuda, प्रोग्राम कोअर्डिनेटर् रघुनाथ अधिकारि, प्रोजेक्ट अफिसर प्रदिप राज पन्त तथा Admn Finance officer अनुजा शर्मा को उपस्थिति रहेको थियो । यसैगरी आम्दा नेपाल MCH Project Field office का कार्यक्रम प्रवन्धक राजेन्द्र रुचाल को उपस्थिति रहेको थियो । कार्यक्रममा आम्दा माइन्ड्सका Project Officer प्रदिप राज पन्तले परियोजनाको हालसम्मको कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने Admn Finance officer अनुजा शर्माले परियोजनाको वित्तीय गतिविधिको बारेमा प्रस्तुत गर्नु भएको थियो ।
AMDA MINDS द्वारा परियोजना को अनुगमन
गत हप्ता आम्दा माईन्डस्का परियोजना अधिकृत प्रदिप राज पन्तद्वारा परियोजनाका गतिबिधि हरुको सुपरिबेक्षण तथा अनुगमन गर्नु भएको छ । अनुगमनमा गढवा गाउँपालिका को खडकापुर र गंगापरस्पुरमा सामुदाईक स्वास्थ्य परिचालक द्वारा प्राबिधिक सहयोग भैरहेको स्वास्थ्य आमा समूहको बैठक को अनुगमन गरि परियोजनाका स्वास्थ्य परिचालक हरुलाई आबस्यक सल्लाह तथा सुझाव दिनुभएको थियो भने गोबरडिहा स्वास्थ्य चौकी र कोईलाबास स्वास्थ्य चौंकी भ्रमण गरि आम्दा नेपाल द्वारा हस्तान्तरण गरिएका सामाग्रीहरुको अनुगमन गरिएको थियो ।
CoFP and Counseling तालिम सम्पन्न
आम्दा नेपाल, प्रदेश स्वास्थ्य तालिम केन्द्र, बुटवल र को समन्वयमा संचालन भएको पहिलो लटको तालिम सम्पन्न भएको छ । मिति २०७६ पुष २५ गते देखि शुरु भएको तालिम माघ ३ गते सकिएको छ । तालिममा गढवा गाउँपालिका अन्तरगत गंगापरस्पुर स्वास्थ्य चौकी का अ. हे. व. मान बहादुर महतारा र कोइलाबास स्वास्थ्य चौकीका अ. हे. व. रामराज पौडेल सहभागी हुनु भएको थियो ।
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणमा निरन्तरता
स्वास्थ्य आमा समूहको बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपालका सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ का जुरौनी र बनबारी, वडा न. २ को पचहिया, वडा न. ३ का खैरा, खैरेनी र गोबरडिहा, वडा न. ४ को खडकापुर (२), वडा न. ५ का लोखरपुर, चैनपुर, प्रनाह र पर्सिया, वडा न. ७ को घोराहा (बड्कागल्ली) र वडा न. ८ को कोइलाबास (डाँडा) मा गरि जम्मा १४ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका थिए ।