Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-24
Expiry Date: 2024-07-27

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०४।०७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।३० देखि २०८१।०४।०५ गतेसम्म (ई.सं. २०२४, २९औं हप्ता) ।
साप्ताहिक अंक: २९/२०२४
 
१. Special Neonate Care Unit बिषयमा Continue Nursing Education सम्पन्न
मिति २०८१/०३/३० गतेका दिन Continue Nursing Education अन्तर्गत Special Neonate Care Unit तालिम लिएका नर्सिंग कर्मचारीहरूद्वारा इमर्जेन्सी लगायत सम्पूर्ण वार्डको प्रतिनिधित्व हुने गरि नर्सिंग कर्मचारीहरूलाई Special Neonate Care Unit सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । मेट्रोन श्री सुशीला विश्वकर्माज्यूको संयोजनमा सम्पन्न उक्त Continue Nursing Education को श्री सनम श्रेष्ठ, श्री सोनी मास्की र श्री अन्जना चौधरीले सहजीकरण गर्नुभएको थियो ।
 
२. स्वास्थ्य बिमा बोर्डमा प्रस्ताव पेश  
मिति २०८१/०४/०३ गतेका दिन आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गरियो । प्रदेश संयोजक श्री जनक बहादुर राउतज्यूलाई अस्पतालबाट गएको प्रशासक, लेखा प्रमुख तथा सामाजिक सेवा इकाईको टोलीले स्वास्थ्य बिमा कार्यक्रमले तोकेको ढाँचामा प्रस्ताव पेश गरेको थियो । आवश्यक सम्पूर्ण कागजात पूरा भएकाले केहि दिनभित्रै स्वास्थ्य बिमा कार्यक्रम, बुटवल कार्यालयबाट अस्पतालको अनुगमन भ्रमण हुने र त्यस पश्चात निर्णय प्रक्रियामा जाने जानकारी प्रदेश संयोजक श्री जनक बहादुर राउतज्यूबाट प्राप्त भयो ।
 
३. Special Neonate Care Unit बिषयमा दोस्रो समूहलाई Continue Nursing Education सम्पन्न
मिति २०८१/०४/०४ गतेका दिन Continue Nursing Education अन्तर्गत Special Neonate Care Unit तालिम लिएका नर्सिंग कर्मचारीहरूद्वारा इमर्जेन्सी लगायत सम्पूर्ण वार्डको प्रतिनिधित्व हुने गरि पहिलो समूहमा सहभागी नभएका नर्सिंग कर्मचारीहरूलाई Special Neonate Care Unit सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । मेट्रोन श्री सुशीला विश्वकर्माज्यूको संयोजनमा सम्पन्न उक्त Continue Nursing Education को श्री सनम श्रेष्ठ, श्री सोनी मास्की र श्री अन्जना चौधरीले सहजीकरण गर्नुभएको थियो ।
 
तस्विरहरू:
Continue Nursing Education – पहिलो समूह Continue Nursing Education – दोस्रो समूह
स्वास्थ्य बिमा कार्यक्रम, बुटवल कार्यालयमा बिमा कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गरेपछिको सामूहिक तस्विर
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.