दमक, झापा
(अवधि वि.सं. २०८१।०३।३१ देखि २०८१।०४।०६ सम्म । इ.सं. २०२४, २९ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. विद्यालय स्वास्थ्य कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा डिप्लोमा तह सामान्य चिकित्सा तेश्रो अध्ययनरत विद्यार्थीहरुले क्लिनिकल/ समुदायिक स्वास्थ्य कार्यक्रम श्री धुलाबारी माध्यामिक विद्यालयको छात्रछात्राहरूलाइ हात धुने प्रक्रिया र महिनावारी स्वास्थ्य सम्बन्धी एक दिने कार्यक्रम आयोजना गरि विभिन्न नाटक तथा नित्यको माध्यमवाट प्रशिक्षण सफलताका साथ सम्पन्न भएको छ।
३. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका विद्यार्थीहरूको आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
४. Comprehensive Community Field
सामान्य चिकित्सा कार्यक्रम तेस्रो वर्षका विद्यार्थीहरूको Comprehensive Community Field आम्दा
मेची अस्पताल, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रमा निरन्तर सञ्चालन भइरहेको छ।
५. प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन
नर्सिङ्ग तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको मिति २०८१ असार १६ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन पोष्टिङ्ग निरन्तर सञ्चालन भइ रहेको छ।
६. प्रवेश परीक्षा आवेदन फाराम
शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षा आवेदन फाराम मिति २०८१ असार १६ गते देखि वितरण भर्इरहेको छ।
७. वार्षिक परीक्षा फाराम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८०/२०८१ को वार्षिक परीक्षा प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, रेडियोग्राफी र मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रम पहिलो, दोश्रो र तेश्रो वर्षको वार्षिक परीक्षा फाराम मिति २०८१/०४/०६ गते सम्मको लागि खुलेको छ|