Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-22
Expiry Date: 2024-07-27

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०४।०७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।३० देखि वि.सं. २०८१।०४।०५ गते सम्म (ई.सं. २०२४, २९ औं हप्ता) ।
साप्ताहिक अंक: २९/२०२४


१. अन्तरिम आदेश र कारण देखाउ आदेश जारी ।
आम्दा नेपालको नाममा देखाइएको कर बक्यौता बेरितपूर्वक भएकोले हाल कर कार्यालयले आम्दा नेपालका बैंक खाता रोक्का राख्ने प्रकृया प्रारम्भ गरेको अवस्थामा फर्स्यौटको दावी सहित वि.सं. २०८१।०३।३० गते रिट निवेदन पेश गरिएकोमा वि.सं. २०८१।०३।३१ गते सम्मानित सर्वोच्च अदालतबाट विपक्षीका नाममा अन्तरिम आदेश र कारण देखाउ आदेश जारी भएको छ ।

२. नागरिक वडापत्र अध्यावधिक ।
आम्दा नेपालले प्रदान गर्ने सेवाहरूको संक्षिप्त विवरण सहितको नागरिक वडापत्र अध्यावधिक गरिएको छ ।

३. कार्यक्रम योजना कार्यशाला ।
हालसम्म इपिक परियोजना अन्तर्गतका कार्यक्रमहरू सन् २०२४ अक्टोबर १ वाट आम्दा नेपालले प्रतक्ष्य सहयोग प्राप्त गरी सञ्चालन गर्नका लागी आयोजित योजना कार्यशालामा आम्दा नेपालका सचिव डा. अनिल कुमार दासको नेतृत्वमा वि.सं. २०८१।०४।०१ र ०२ गते कार्यक्रम योजना कार्यशालामा आम्दा नेपालको सहभागिता भएको छ ।

४. सेवा विस्तारका लागी सहमति प्रदान ।
आम्दा मेची अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा र स्त्रि तथा प्रसुति विशेषज्ञ विस्तार गर्न सहमति प्रदान गरिएको छ ।

५. सेवा शुल्क संशोधन ।
आम्दा नेपाल मातहत सञ्चालित कार्यक्रमहरूले प्रदान गर्ने सेवाहरूको सेवाशुल्क वि.सं. २०८१।०४।०१ देखी लागुहुने गरी संशोधन सहित लागु गर्ने संवन्धित कार्यालयको प्रस्ताव स्विकृत गरिएको छ ।

६. दरभाउ प्रस्ताव आव्ह्रान ।
आम्दा नेपालका सवारी साधानको लागी आवश्यक सरसामान खरिद गर्न वि.सं. २०८१।०४।०१ गते दरभाउ प्रस्ताव आव्ह्रानको सुचना नं १०१३५ प्रकाशन गरिएको छ ।
 
७. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०४।०७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
त्रैमासिक समिक्षा बैठकः
त्रैमासिक समिक्षा गोष्ठीको कार्यविधि अध्यावधिक गर्ने, त्रैमासिक समिक्षा गोष्ठीका लागी संभाव्य सहभागीको नाम निर्धारण गर्ने, त्रैमासिक समिक्षा गोष्ठीमा छलफल गरिने सुचाङ्कहरू अध्यावधिक गर्ने, पुरानो समिक्षा गोष्ठीको प्रतिवेदनहरू सुरक्षित भण्डारणको व्यवस्था गर्ने र
अन्य कार्यालयहरूको विवरण संकलन गर्ने ।
कार्यक्रम
२०८१०४१५
   

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
सवारी दर्ताः
आम्दा नेपालले खरिद गरेको नयाँ सवारी साधान दर्ता गर्न आवश्यक व्यवस्था गर्ने ।
​प्रशासन
२०८१०४१५

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.