Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-15
Expiry Date: 2024-07-20

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०३।३१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।२३ देखि वि.सं. २०८१।०३।२९ गते सम्म (ई.सं. २०२४, २८ औं हप्ता) ।
साप्ताहिक अंक: २८/२०२४


१. आम्दा नेपालको पूर्व योग्यता परिक्षणका लागी तयारी सम्पन्न ।
USAID ले तोके वमोजिम आम्दा नेपाल संस्थाले प्रतक्ष्य अनुदान सहयोग प्राप्त गर्नका लागी पुरा गर्नु पर्ने पूर्व योग्यता परिक्षणका लागी आवश्यक तयारी र प्रमाण संकलन कार्य पुरा भएको छ ।

२. कर्मचारी छनौट ।
आम्दा नेपालले वि.सं. २०८१।०३।०४ गते प्रकाशन गरेको सुचना वमोजिम रिक्त पदहरूमा पदपूर्तिका लागी कर्मचारी छनौटसम्वन्धि काम पुरा भइ वि.सं. २०८१।०३।२५ गते सुचना नं. १००८८ प्रकाशन गरिएको छ ।

३. मेडिकल उपकरण खरिदका लागी संझौता सम्पन्न ।
सिबाम अस्पतालका लागी जम्मा रू. ३५,१८,००१।०० मूल्य बराबरको केही मेडिकल उपकरणहरू खरिद गर्नका लागी श्री बायोमेडिकल इक्युपमेन्ट सर्भिस संग संझौता नं. १००८९ र जम्मा रू ८,९८,३५०।००मूल्य बराबरको केही मेडिकल उपकरणहरू खरिद गर्नका लागी श्री फाइन सर्जिकल नेपाल सँग संझौता नं. १००९० सम्पन्न भएको छ ।

४. वित्तिय प्रतिवेदन पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको र्इपिक परियोजनाको इसं २०२४ जून महिनाको वित्तिय प्रतिवेदन जूलाइ १० तारेखमा FHI360 मा पेश गरिएको छ ।

५. आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सव समारोहमा सहभागिताको मनोनयन ।
इन्डोनेशियनको वालीमा सन् २०२४ अगष्ट १७ देखी १९ सम्म आयोजना हुने आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सव समारोहमा सहभागिताको लागी आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल र उपाध्यक्ष डा. संगिता बराल बस्नेतलाइ मनोनयन गरिएको छ ।

६. निर्देशिका तथा कार्यविधि संशोधन ।
आम्दा नेपालका केही निर्देशिका र कार्यविधिहरू संशोधन भएकोमा सोको जानकारी सहित सम्वन्धित कार्यालयहरूलाइ अभिमुखीकरण सहित च.नं. १०११० वि.सं. २०८१।०३।२८ गतेको पत्र सहित जानकारी गराइएको छ ।

७. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०३।३१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
नागरिक वडापत्रः
आम्दा नेपालले प्रदान गर्ने सेवाहरूको संक्षिप्त विवरण सहितको नागरिक वडापत्र अध्यावधिक गर्ने ।
कार्यक्रम
२०८१०४१५

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.