Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-08
Expiry Date: 2024-07-13

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०३।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।१६ देखि वि.सं. २०८१।०३।२२ गते सम्म (ई.सं. २०२४, २७ औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२४


१. कार्यक्रम समिक्षा बैठक सम्पन्न ।
गोकर्णेश्वर नगरपालिका र आम्दानेपालविच सम्पन्न संझौता वमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर कार्यक्रमको समिक्षा बैठक वि.सं. २०८१।०३।१९ गते सम्पन्न भएको छ । समिक्षा बैठकमा उपस्थित गोकर्णेश्वर नगरपालिका वडा. नं. ५ का वडाध्यक्ष श्री नारायण सुवेदी, वडा नं. ६ का वडाध्यक्ष श्री नवराज लामा, आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले विशेष मन्तव्य राख्दै, सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद सहित कार्यक्रमको निरन्तरताका लागी सम्वन्धित पक्षलाइ अनुरोध गर्नु भएको थियो ।

२. परियोजना सहयोग सम्वन्धि बैठक सम्पन्न ।
आम्दा नेपालले हालसम्म FHI360 मार्फत सञ्चालन गर्दै आएको इपिक परियोजना अक्टोबर १ उप्रान्त USAID को प्रतक्ष्य अनुदान सहयोगमा सञ्चालन गर्ने विषयमा वि.सं. २०८१।०३।२१ गते USAID को कार्यालयमा छलफल बैठक सम्पन्न भएको छ । यस बैठकमा आम्दा नेपालबाट डा. दिनेश बिनोद पोख्रेल, डा. सरोज प्रसाद वझा, कार्यक्रम निर्देशक सुदेश रेग्मी, वित्त नियन्त्रक श्री रश्मी पुतुवार समेतको सहभागिता रहेको थियो ।

३. तालिम सम्पन्न ।
आम्दा नेपालका परियोजना प्रवन्धक श्री सुमन नेपाल, वित्त नियन्त्रक श्री रश्मी पुतुवार, र समुदाय सहायक श्री प्रनिता निरौला वि.सं. २०८१।०३।२० गते UNHCR ले आयोजना गरेको ACONIX तालिममा सहभागी हुनु भएको छ ।

४. तालिम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिका र आम्दानेपालविच सम्पन्न संझौता वमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनमा महत्वपूर्ण मानिएको Thermal Ablation तालिम वि.सं. २०८१।०३।१६ देखी सञ्चालन भइ २०८१।०३।२१ गते सम्पन्न भएको छ । उक्त तालिममा आम्दा नेपालका बरिष्ठ अधिकृत श्री श्रृजना श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।
 
५. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०३।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
अनुगमन मूल्याङ्कनः
परियोजनाहरूको अनुगमन मूल्याङ्कन गराउने र अगिल्लो अवधिमा भएका अनुगमन मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित सुझावहरू कार्यान्वयन गराउने ।
कार्यक्रम
२०८१०४१५

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
नागरिक बडापत्रः
केन्द्रिय कार्यालयको नागरिक वडापत्र आवश्यक संशोधन सहित अध्यावधिक गर्ने । 
कार्यक्रम
२०८१०३२८
सफ्टवेयर प्रयोगकर्ताको सुची अध्यावधिक:
कार्यालय प्रयोजनका लागी आम्दा नेपालले प्रयोग गर्ने जुनसुकै सफ्टवेयरको प्रयोगकर्ताको सुचीको एक प्रति केन्द्रिय कार्यालयको आइटि शाखामा रहने व्यवस्था गर्ने ।
कार्यक्रम
२०८१०३२८
लिलाम बिक्रीः
आम्दा नेपालमा प्रयोगहिन अवस्थामा रहेका सरसामान जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्रीका सुचना प्रकाशन गर्ने ।
कार्यक्रम
२०८१०३२४

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.