Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-01
Expiry Date: 2024-07-06

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०३।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०३।०९ देखि २०८१।०३।१५ गतेसम्म (ई.सं. २०२४, २६औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२४
 
१. आम्दा नेपाल, आम्दा मेची अस्पताल, धुलाबारी, झापालाई एम्बुलेन्स हस्तान्तरण
मिति २०८१/०३/१० गतेका दिन आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको स्वामित्वमा रहेको सवारी दर्ता नम्बर ७४२९ को एम्बुलेन्स सम्पूर्ण अधिकार एवं दायित्व समेत स्थानान्तरण हुने गरि आम्दा नेपाल, आम्दा मेची अस्पताल, धुलाबारी, झापालाई हस्तान्तरण गरियो । अस्पतालको प्रशासनिक भवन अगाडी गरिएको हस्तान्तरणका क्रममा सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूले शुभकामना सहित एम्बुलेन्स सम्बन्धी कागजातहरू आम्दा मेची अस्पतालका प्रशासन तथा लेखा अधिकृत श्री किरण निरौलालाई हस्तान्तरण गर्नुभयो ।
 
२. CTS तालिममा सहभागीमा सहभागिता    
मिति २०८१/०३/०४ देखि २०८१/०३/०८ गतेसम्म राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु, काठमाण्डौले संचालन गरेको ‘Clinical Training Skills (CTS)’मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका स्त्री-क्यान्सर रोग विशेषज्ञ डा. नारायण जि.सि. सहभागी हुनुभयो ।
 
३. PPH Management तालिममा सहभागिता
मिति २०८१/०३/१४ गते काठमाण्डौमा संचालन भएको Capacity Building for Post Partum Hemorrhage (PPH) Management तालिम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बाल गोबिन्द चौधरी सहभागी हुनुभयो ।
 
४. ToT on PEN तालिममा सहभागीता
मिति २०८१/०३/१६ गतेदेखि २०८१/०३/२० गतेसम्म बुटवलमा संचालन हुने ToT on Package of Essential Non-communicable Disease (PEN) तालिम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा कार्यरत डा. निशा पौडेल सहभागी हुनुभयो ।
 
४. साप्ताहिक सरसफाई कार्यक्रम  
साप्ताहिक सरसफाई अन्तर्गत मिति २०८१/०३/१५ गतेका दिन अस्पताल परिसर सरसफाई कार्य सम्पन्न भयो ।
  
 
तस्विरहरू:
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको स्वामित्वमा रहेको सवारी दर्ता नम्बर ७४२९ को एम्बुलेन्स सम्पूर्ण अधिकार एवं दायित्व समेत स्थानान्तरण हुने गरि आम्दा नेपाल, आम्दा मेची अस्पताल, धुलाबारी, झापालाई हस्तान्तरण गरियो ।
साप्ताहिक अस्पताल सरसफाई गर्दै कर्मचारीहरू  
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.