Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-03
Expiry Date: 2023-07-09

आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी, झापा

साप्ताहिक गतिविधि


प्रकाशन मितिः २०८०।०३।१९ गते
(अवधि वि.सं. २०८०।०३।११ देखि २०८०।०३।१८  सम्म । ई.सं. २०२३, २६ औं हप्ता)

१. आम्दा मेची अस्पतालमा १ दिने Diabetes day “ सुगर डे”  सम्पन्न भएको छ ।
श्री आम्दा मेची अस्पताल, धुलावारी, झापामाले प्रत्येक महिना गर्दै आएको निशुल्क मधुमेह परिक्षणको अवसरमा मिति २०८०।०३।१५ गते  ४८ जनाको निशुल्क रगत परिक्षण सम्पन्न भएको छ ।

२. आम्दा मेची अस्पतालमा १ दिने Tuberculosis Screening Camp सम्पन्न भएको छ ।
श्री आम्दा मेची अस्पताल, धुलावारी, झापामा यस अस्पतालले प्रत्येक महिना गर्दै आएको निशुल्क मधुमेह परिक्षणको अवसरमा मितिः २०८०।०३।१५ गते  मेचीनगर नगरपालिकाको आयोजनामा १ दिने  निशुल्क क्षयरोग परिक्षण  शिविर सम्पन्न गरिएको छ । उक्त अवसरमा २४ जनाको परिक्षण गरि १० जना संकास्पदको  को खकार नमुना संकलन साथै १ जनाको निशुल्क छातीको एक्सरे गरिएको थियो ।

३. मेचीनगर नगरपालिकाको आयोजनामा द्रुत प्रतिकार्य टोलि तथा आपतकालीन चिकित्सकीय समूह परिचालन सम्बन्धि मा १  दिने अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाईएको छ ।
मिति २०८० असार १८ गते  सोमबार मेचीनगर नगरपालिकाको आयोजनामा द्रुत प्रतिकार्य टोलि तथा आपतकालीन चिकित्सकीय समूह परिचालन सम्बन्धि मा १  दिने अभिमुखीकरण कार्यक्रममा आम्दा मेची अस्पताल, धुलावारी, झापाको तर्फबाट सहभागिता जनाईएको छ ।

धन्यबाद !


 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.