Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-03
Expiry Date: 2023-07-09

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०३।१८ गते, सोमवार
(अवधि वि.सं. २०८०।०३।११ देखि २०८०।०३।१७ सम्म । इ.सं. २०२३, २६ औं हप्ता)
 
१. नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरूको नियमित कक्षा सञ्चालन भइरहेको छ।
 
२. एक विषय मौका परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरू मध्ये डिप्लोमा तह सामान्य चिकित्सा र नर्सिङ्ग कार्यक्रम तेश्रो वर्षमा एक विषय अनुत्तिर्ण विद्यार्थीहरूलार्इ  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयको मिति २०८०/०३/११ सूचना बमोजिम जम्मा ८ जना विद्यार्थीहरुलाई एक विषय मौका परीक्षाको फारम भराइ परिषद्को सफ्टवयरमा अपलोड गरिएको छ।
 
३. सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षको Comprehensive Clinical Posting
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्ष तर्फका विद्यार्थीहरुलाई दुई समुहमा विभाजन गरि पहिलो समुहलाई आम्दा अस्पताल, दमक र दोश्रो समूहलाई प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पतालमा मिति २०८०/०३/१७ गते देखि Comprehensive Clinical Posting को लागि पठाईको छ l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.