Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-07-04
Expiry Date: 2023-07-09

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।०३।१७ गते
(अवधि वि.सं. २०८०।०३।११ देखि २०८०।०३।१७ सम्म । ई.सं. २०२३, २५ औं हप्ता)

१. आम्दा अस्पताल दमकमा ३ दिने VIA तालिम सम्पन्न भएको छ ।

श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।०२।१४ देखी २०८०।०२।१६ Australian Aid, Open Heart International, ADRA  को सहयोगमा स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेशको आयोजनामा "VIA-Visual Inspection with Acetic Acid" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको SBA तालिम हल,  दमकमा सम्पन्न भएको छ l उक्त तालिमको समापन आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्माले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा अस्पताल बाट डा. बिम्ला बुढाथोकी, सुमन कुमार नेपाल, पुनम गौरो, उषा कोइरालाले उक्त तालिम समापन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ३ दिनसम्म संचालन भएको उक्त तालिममा ११ जना सहभागी ले तालिम को लाभ लिनुभयो l साथै उक्त तालिम मार्फत ६० जना महिलाहरुको VIA परिक्षण गरिएको थियो जसमा ५८ जन Negative र २ जना Suspected case रहेको थियो ।

२ आम्दा अस्पताल दमकमा २ दिने VIA Screening सम्पन्न भएको छ ।

श्री आम्दा अस्पताल, दमक २, झापाको आयोजनामा मितिः २०८०।०२।१५ पाठेघरको मुखको क्यान्सर जांच, "VIA-Visual Inspection with Acetic Acid" कार्यक्रम यस आम्दा अस्पतालको कोठा नम्बर ५,  दमकमा दिनको १० बजे देखी ३ बजे सम्पन्न भएको थियो  l

३. आम्दा अस्पताल दमकको support मा २ दिने "निशुल्क महिला स्वास्थ्य शिविर"-VIA Screening कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०८० जेठ २५ गते बिहीबार आम्दा अस्पतालको प्राबिधिक सहयोगमा कमल गाउँपालिका वडा नम्बर-६ स्थित लखनपुर स्वास्थ्य चौकीमा "निशुल्क महिला स्वास्थ्य शिविर" संचालन भयो l उक्त कार्यक्रममा वडा अध्यक्ष श्री नरेन्द्र भट्टराई ज्यु को अध्यक्षता कार्यक्रम सुरु भएको थियो । आम्दा अस्पतालको विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली बाट सेवा दिइएको थियो l
शिविरमा जम्मा १७४ जनाले जाचॅ गराएका थिए । पाठेघरको मुखको क्यान्सर जांचको लागि VIA परिक्षण १३५ जनाको गरिएको मध्ये शङ्खास्पद बिरामी ३ जनालाई रिफर गरिएको थियो । आङ्ग खस्ने समस्या ७ जनाको पाइएको थियो । त्यसैगरी Cervicitis ५ जना,  Fungal infection ६ जना , Veginitis ४ जनालाइ शिविर मा स्वास्थ्य सेवा दिइएको थियो । अन्य Gastritis, Muscular Pain, Generalized weakness, UTI, URTI, Headache, Fever आदी का बिरामीहरुले सेवा लिनु भएको थियो ।
साथै  शिविरमा कमल गाउँपालिका स्वास्थ्यका कर्मचारीहरू र सम्वन्धित बडाको कर्मचारी ,जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी कमल शाखा सभापति चन्द्र शाह, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको थियो।
रोग लागिसकेर भन्दा पनि रोग लाग्न नदिनको निम्ति यो शिविर आयोजना गरिएको थियो। शिबिर  मिति २०८० जेठ २६ गते कमल गाउँपालिका वडा न ३,केराधाप स्थित  कंचनजङ्गा आधरभुत बिध्यालय मा बिहान १० बजे देखि संचालन भएको थियो ।

 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.