Published Date: 2024-06-24
Expiry Date: 2024-06-29
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।०२ देखि वि.सं. २०८१।०३।०८ गते सम्म (ई.सं. २०२४, २५ औं हप्ता) ।
साप्ताहिक अंक: २५/२०२४
१. मोटरसाइकल स्थानान्तरण ।
आम्दा नेपालको केन्द्रीय कार्यालयमा रहेको प्लेट नं. को एक थान मोटरसाइकल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग वमोजिम च.नं. १००१२ वि.सं. २०८१।०३।०४ गतेको पत्रसाथ बुटवल स्थानान्तरण गरिएको छ ।
२. क्यान्सर परिक्षण प्रस्तावना पेश ।
आम्दा नेपालले गोकर्णेश्वर नगरक्षेत्र भित्र विगत ३ वर्ष देखी सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सेवाको निरन्तरता आवश्यक देखिएकोले च.नं. १००१४ वि.सं. २०८१।०३।०५ गतेको पत्र साथ गोकर्णेश्वर नगरपालिका समक्ष प्रस्तावना पेश गरिएको छ ।
३. इपिक परियोजना मूल्याङ्कन प्रतिवेदन जानकारी बैठक ।
समाज कल्याण परिषद् ले इपिक परियोजनाको मूल्याङ्कन सम्पन्न गरी टोलीले बुझाएको प्रतिवेदनको जानकारी बैठक वि.सं. २०८१।०३।०७ गते समाज कल्याण परिषद्मा सम्पन्न भएको छ । यस बैठकमा उपस्थित आम्दा नेपालका कार्यक्रम निर्देशक सुदेश रेग्मी र वित्त नियन्त्रक श्री रश्मी पुतुवारले मूल्याङ्कनको दौरान भएको खर्चको विवरण समेत च.नं. १००३३ वि.सं. २०८१।०३।०७ गतेको पत्र सहित बुझाउनु भएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०३।१० गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
नीति, नियम, कार्यविधि एवं निर्देशिकाः आम्दा नेपाललाइ आवश्यक नीति, नियम, कार्यविधि एवं निर्देशिकाहरू अध्यावधिक गर्ने । |
कार्यक्रम
२०८१०३३० |
२ |
व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशालाले दिएका सुझावहरू अध्ययन गरी अध्यावधिक गर्ने । |
कार्यक्रम
२०८१०३३० |