Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-17
Expiry Date: 2024-06-22

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०३।०३ गते, सोमबार
अवधिः वि.सं. २०८१।०२।२७ देखि वि.सं. २०८१।०३।०१ गते सम्म (ई.सं. २०२४, २४ औं हप्ता) ।
साप्ताहिक अंक: २४/२०२४


१. Performance Management Traning सम्पन्न ।
आम्दा नेपालको केन्द्रीय कार्यालयको संयोजन तथा FHI360 को सहयोगमा आम्दा नेपाल मातहत व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरू Perormance Management सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

२. प्रस्तावना पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर आ.व. २०८१/०८२ समेत सञ्चालन गर्नका लागी गोकर्णेश्वर नगरपालिकामा प्रस्तावना पेश गरिएको छ ।  मातहतका अस्पतालहरूमा गठित आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको विवरण अध्यावधिक गरिएको छ ।

३. एक्सरे मशिन प्राप्ति सहमति ।
काठमाण्डौबाट दमक सम्म आफ्नै खर्चमा लैजाने गरी आम्दा अस्पतालको प्रस्ताव वमोजिम अन्तराष्ट्रीय आप्रवासी संगठनबाट एक थान पुरानो एक्सरे प्राप्त गर्न सहमति प्रदान गरिएको छ ।

४. मासिक वित्तिय प्रतिवेदन पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको इपिक परियोजनाको मासिक वित्तिय प्रतिवेदन इसं जून ११, २०२४ तारेखमा एफएचआइमा पेश गरिएको छ ।

५. प्राविधिक प्रस्ताव छनौट ।
वि.सं. २०८१।०१।२१ गते प्रकाशन सुचना नं. ९९०१ वमोजिम आम्दा नेपालको केन्द्रीयको सभाहलको वाँकी निर्माण सम्वन्धि पुरा गर्नका लागी प्राप्त भएका प्रस्तावहरू मध्ये योग्त प्रस्तावकहरूको प्राविधिक प्रस्ताव छनौट (सुचना नं. १०००६) गरिएको छ ।

६. दरभाउ प्रस्ताव आव्ह्रानको सुचना प्रकाशन ।
आम्दा नेपालको लेखा व्यवस्थापनलाइ थप परिकृत गर्नका लागी लेखा व्यवस्थापन सम्वन्धि सफ्टवेयर खरिद गर्नका लागी वि.सं. २०८१।०२।३० गते दरभाउ प्रस्ताव आव्ह्रानको सुचना नं. १०००९ प्रकाशन गरिएको छ ।

७. भित्तेपात्रो वितरण ।
वि.सं. २०८१ सालको भित्ते पात्रो थप तयार गरि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलको माग वमोजिम वितरण गरिएको छ ।

८. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०३।०३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
लेखा परिक्षणः आम्दा नेपाल संस्थाको लेखा परिक्षणको लागी आवश्यक तयारी गर्ने र अगिल्लो अवधिमा भएको लेखा परिक्षण सुझावको कार्यान्वयन स्थिति अध्यावधिक गर्ने । लेखा
२०८१०३१५
संग्रहः आम्दा नेपालका महत्वपूर्ण कागजात संकलन गरी सुरक्षित भण्डारण व्यवस्था गर्ने । प्रशासन
२०८१०३१५

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
मोटरसाइकल स्थानान्तरणः आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलको प्रयोजनको लागी एक थान मोटरसाइकल केका बाट स्थानान्तरण गर्ने । प्रशासन
२०८१०३१५

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.