Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-06-19
Expiry Date: 2023-06-25

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०३।०४ गते, सोमवार
अवधिः वि.सं. २०८०।०२।२९ देखि २०८०।०३।०३ गतेसम्म (ई.सं. २०२३,२४औं हप्ता) ।
साप्ताहिक अंक: २४/२०२३


१. स्थानीय व्यवस्थापन समितिको बैठक सम्पन्न  
सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थानीय व्यवस्थापन समितिको बैठक २०८०/०३/०३ गते सि.बा.म. अस्पतालको अध्यक्षज्यूको कार्यकक्षमा बस्यो । समितिका अध्यक्ष एवं बुटवल उप-महानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डेयज्यूको अध्यक्षतामा बिहान ८:०० बजे बसेको बैठकले निम्न विषयहरूमा छलफल गरि आवश्यक निर्णय गर्यो ।
 
क. आमा सुरक्षा कार्यक्रम लागू गर्ने सम्बन्धमा ।
ख. जापान भ्रमणको विवरण एवं उपलब्धी सम्बन्धमा ।
ग. अस्पतालको २५औं वार्षिक उत्सव मनाउने सम्बन्धमा ।
घ. अस्पतालको प्रगति प्रतिवेदन सम्बन्धमा ।
ङ. स्वीकृत शैक्षिक कार्यक्रममा ।
च. विविध । 

२. उप-महानगरपालिकाबाट अस्पताललाई पानी टंकी सहयोग    
बुटवल उप-महानगरपालिकाले विभिन्न दातृ निकायबाट प्राप्त भएको पानी टंकी एक थान सिद्धार्थ बाल तथा महिला अस्पताललाई उपलब्ध गराएको छ । यस टंकीमा राखिएको पानी करीब ३ घण्टासम्म चिसै रहने हुँदा अत्यधिक गर्मीको यस समयमा अस्पतालमा आउने सेवार्थीलाई राहत महसूस भएको छ ।                                                                                  
 
३. नियमित सरसफाई कार्यक्रम  
अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०३/०१ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।

४. हप्ताका तस्बिरहरु


धन्यबाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.