Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-10
Expiry Date: 2024-06-15

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०२।२८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।२१ देखि २०८१।०२।२७ गते सम्म (ई.सं. २०२४, २३ हप्ता)
साप्ताहिक अंक: २३/२०२४
 

१. कर्मचारीहरु बिच छलफल तथा अन्तरक्रिया :
मिति २०८१.०२.२५ गतेका दिन आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिका लगायत प्रतिष्ठान प्रसाशन बिच प्रतिष्ठानमा हाल सम्म भएको शैक्षिक उपलब्धि, बिधार्थिहरु शैक्षिक स्तर तथा आगामी रणनीतिका बारेमा बृहत छलफल तथा अन्तरक्रिया सम्पन्न भयो |
शैक्षिक वर्ष २०८१/२०८२ मा यस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्न आउने विधार्थी तथा हाल अध्ययनरत विधार्थीहरुलाई आधुनिक प्रक्रियाका माध्यमबाट अध्यापन गराउनुपर्ने, गुणस्तर शिक्षा प्रदान गर्न बजारमा उपलब्ध आधुनिक शैक्षिक उपकरणको प्रयोग तथा सामुदायिक शिक्षालयले पनि निजि शिक्षालय सरह विधार्थीहरुलाई अध्यापन गराउनु पर्ने बारेमा शिक्षकहरुले  राय सुझाब पेश गर्नु भयो  |

२. गर्मि विदा सम्बन्धमा  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूलाई दोश्रो खण्डको आन्तरिक परिक्षा मिति २०८१.०२.२५ गते सकिय लगत्तै नर्सिंग विधार्थी हरु लाई मिति २०८१.०२.३२ गते सम्म १ हप्ता  र डिप्लोमा इन फार्मेसी तथा सामान्य  चिकित्साका विधार्थीहरुलाई मिति २०८१.०३.०७ गते सम्म २ हप्ता  गर्मि विदा दिइएको छ।
 
 
   
कर्मचारी हरु बिच भएका छलफल तथा अन्तरक्रियाका


 




 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.