Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-10
Expiry Date: 2024-06-15

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०२।२८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०२।२० देखि २०८१।०२।२६  गतेसम्म (ई.सं. २०२४, २३औं हप्ता) ।
साप्ताहिक अंक: २३/२०२४
 
१. अस्पताल विकासार्थ सहयोगका लागि लुम्बिनी प्रदेश सभामुख, मुख्यमन्त्री तथा स्वास्थ्यमंत्रीसंग भेटघाट  
मिति २०८१/०२/२२ गतेका दिन आम्दा नेपाल, सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूद्वारा लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरज्यू, मुख्यमंत्री माननीय जोख बहादुर महराज्यू र स्वास्थ्यमंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यूसंग प्रदेश कार्यालयमा भेट गरि अस्पतालको तर्फबाट सहयोगका लागि प्रस्ताव समेत पेश गर्नुभयो । भेटवार्ताका क्रममा सबै जनाले सि.बा.म. अस्पतालको विकास हुनुपर्नेमा चासो व्यक्त गर्दै सहयोगका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटघाटमा अस्पतालको तर्फबाट श्री युवराज अम्गाईं समेत सहभागी रहनुभएको थियो ।
          
२. क्षमता अभिवृद्धिका लागि तालिममा सहभागिता  
मिति २०८१/०२/२१ देखि २०८१/०३/०३ गतेसम्म परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमान्डौमा संचालन हुने  ‘सि.एन.बि.सि. (Comprehensive New Borne Care) तालिम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको NICU विभागमा स्टाफ नर्स (५औं तह) पदमा कार्यरत श्री अन्जना चौधरीलाई सहभागिताका लागि पठाइएको  छ ।
 
३. आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न   
 मिति २०८१/०२/२५ गते शुक्रवारका दिन बिहान ११:०० बजे मे.सु. डा. बिनोद कुमार पराजुलीज्युको कार्यकक्षमा आन्तरिक व्यवस्थापन समिति बैठक सम्पन्न भयो । समिति पदाधिकारीको पूर्ण उपस्थितिमा बसेको बैठकले विभिन्न प्रस्ताव उपर छलफल गरि आवश्यक निर्णय गर्यो ।
 
४. सम्भाव्यता अध्ययनका लागि सि.बा.म. टोलिद्वारा तानसेन नगरपालिका-१४, अर्गेली भ्रमण    
तानसेन नगरपालिका-१४ अर्गेलिका वडा अध्यक्ष एवं स्थानीय बिद्धिजीवी एवं अगुवाहरूद्वारा सि. बा. म. अस्पताललाई अर्गलिमा शाखा संचालन गरि स्वास्थ्य सेवा संचालन गर्नका लागि गरिएको अनुरोध बमिजिम अस्पतालको ४ सदस्यीय टोलीले मिति २०८१/०२/२४ गते विहीवारका दिन अर्गेली भ्रमण गर्यो । टोलीले अर्गेलिका पदाधिकारी, स्थानीय राजनैतिक व्यक्तित्व, समाजसेवी एवं आम जनसमुदायसंग अन्तरक्रिया गर्नुका साथै स्थानीय स्वास्थ्य संस्था र वडा कार्यालयले प्रस्ताव गरेको जग्गाको अवलोकन गर्यो । यसका साथै सम्भावित सेवाग्राहीको अनुमानका लागि अर्गेली क्षेत्र र स्याङ्गजा, गुल्मी र पाल्पा जिल्लाको संगमस्थलको रूपमा रहेको रिडी क्षेत्रको समेत भ्रमण गरेको थियो । उक्त अध्ययन टोलीमा डा. राजेन्द्र प्रसाद बस्याल, डा. सुन्दर न्यौपाने, श्री श्रीकान्त सुवेदी तथा श्री खगेन्द्र क्षेत्री रहनुभएको थियो ।
 
४. अस्पतालभित्र रहेको सडकको पिच कार्य सम्पन्न     
   बुटवल उप-महानगरपालिका वडा नं. ७ द्वारा सि. बा. म. अस्पतालभित्र रहेको सडक खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । यसका लागि सम्पूर्ण अस्पताल परिवार बुटवल उप-महानगरपालिका वडा नं. ७ लाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
  
५. तस्विरहरू:
लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती मगरज्यूसंग भेटवार्ता गर्दै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू लुम्बिनी प्रदेशका मुख्यमंत्री माननीय जोख बहादुर महराज्यू संग भेटवार्ता गर्दै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू
लुम्बिनी प्रदेशका स्वास्थ्यमंत्री माननीय दिपेन्द्र कुमार पुन मगरज्यूसंग भेटवार्ता गर्दै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू अर्गेली, पाल्पामा अन्तरक्रिया गर्दै सम्भाव्यता अध्ययन टोलि
तानसेन नगरपालिका-१४ अर्गेलिद्वारा सि.बा.म.अस्पतालका लागि प्रस्तावित जग्गा
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.