Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-03
Expiry Date: 2024-06-08

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०२।२१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०२।१३ देखि वि.सं. २०८१।०२।१९ गते सम्म (ई.सं. २०२४, २२ औं हप्ता) ।
साप्ताहिक अंक: २२/२०२४


१. श्रम अदालतमा निवेदन पेश ।
आम्दा नेपालका पूर्व कर्मचारीले दिएको उजुरीको सन्दर्भमा श्रम अदातलमा वि.सं. २०८१।०२।१४ गते समाधानार्थ निवेदन पेश गरिएको छ ।

२. मौजाद मिलान ।
आम्दा नेपालका वित्त नियन्त्रकको संयोजकत्वमा गठित टोलीले पेश गरेको खुदगन्ति तथा भौतिक परिक्षण प्रतिवेदन (दर्ता नं. ९९२६) अनुरूप केन्द्रिय कार्यालयको सरसामानको मौजाद मिलान गरिएको छ ।

३. क्यान्सर परिक्षण शिविर ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर निम्नानुसार सञ्चालन गर्ने प्रवन्ध मिलाइएको छ ।
वि.सं. २०८१।०२।१२ गते, सरस्वती सुधार संघ, सरस्वतीनगर ।
वि.सं. २०८१।०२।१९ गते, नयाँ पाटी स्वास्थ्य चौकी, वडा नं. १ ।
वि.सं. २०८१।०२।२६ गते, आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिक, आम्दा नेपाल ।

४. सम्पर्क व्यक्तिको विवरण ।
आम्दा नेपालको प्रयोजनका लागी विभिन्न बैंकमा खोलिएका बैंक खातामा सम्पर्क व्यक्तिहरूको विवरण अध्यावधिक गरिएको छ ।

५. एम्वुलेन्स स्थानान्तरणः
सि.बा.म. अस्पतालमा भारतिय दुतावासबाट नयाँ एम्बुलेन्स प्राप्त भएकोले तहाँ प्रयोगमा रहेको एम्वुलेन्सलाइ आम्दा मेची अस्पतालमा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ ।

६. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०२।२१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
आन्तरिक व्यवस्थापनः
आम्दा नेपाल मातहतका अस्पतालहरूमा गठित आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको विवरण अध्यावधिक गर्ने ।
कार्यक्रम
२०८१०२३०
विपद् व्यवस्थापनः
आम्दा नेपालको विपद् व्यवस्थापन कार्यविधि अध्यावधिक गरी सरोकारवालाहरूलाइ जानकारी गराउने ।
कार्यक्रम
२०८१०२३०
जनशक्ति व्यवस्थापनः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूको व्यक्तिगत विवरण सफ्टवेयरमा अध्यावधिक गर्ने
जनशक्ति
२०८१०२३०
आपूर्तिकर्ताको सुचीः
आम्दा नेपालको अनलाइन प्रणालीमा आपूर्तिकर्ताको रूपमा सुचिकृत हुन निवेदन पेश गरेका फर्महरूको योग्यता परिक्षण गरी योग्य फर्मलाइ सुचीमा समावेश गर्ने ।
खरिद
२०८१०२३०

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
कर्मचारी नियुक्तिः
योग्यता पुगी निवेदन दिएका कर्मचारीहरूको स्थायी नियुक्तिपत्र दिन आवश्यक व्यवस्था गर्ने ।
जनशक्ति
२०८१०२३०
लिलाम बिक्रीः
सिबाम अस्पतालको च.नं. ३६२ को सिफारिश पत्र वमोजिम काम नलाग्ने सरसामान लिलामबिक्री गर्न सहमति दिने ।
प्रशासन
२०८१०२३०
श्रद्घाञ्जली अपर्ण तथा समवेदनाः
सहकर्मी श्री विण्णु अधिकारीकी ममतामयी आमाको स्वर्गारोहण भएकोमा हार्दिक श्रद्घाञ्जली तथा अमरआत्माको चिरशान्तिको कामना सहित समवेदना प्रकट गरिएको छ ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.