Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2024-06-03
Expiry Date: 2024-06-08

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०२।२१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०२।१३ देखि वि.सं. २०८१।०२।१९ गते सम्म (ई.सं. २०२४, २२ औं हप्ता) ।
साप्ताहिक अंक: २२/२०२४


१. श्रम अदालतमा निवेदन पेश ।
आम्दा नेपालका पूर्व कर्मचारीले दिएको उजुरीको सन्दर्भमा श्रम अदातलमा वि.सं. २०८१।०२।१४ गते समाधानार्थ निवेदन पेश गरिएको छ ।

२. मौजाद मिलान ।
आम्दा नेपालका वित्त नियन्त्रकको संयोजकत्वमा गठित टोलीले पेश गरेको खुदगन्ति तथा भौतिक परिक्षण प्रतिवेदन (दर्ता नं. ९९२६) अनुरूप केन्द्रिय कार्यालयको सरसामानको मौजाद मिलान गरिएको छ ।

३. क्यान्सर परिक्षण शिविर ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर निम्नानुसार सञ्चालन गर्ने प्रवन्ध मिलाइएको छ ।
वि.सं. २०८१।०२।१२ गते, सरस्वती सुधार संघ, सरस्वतीनगर ।
वि.सं. २०८१।०२।१९ गते, नयाँ पाटी स्वास्थ्य चौकी, वडा नं. १ ।
वि.सं. २०८१।०२।२६ गते, आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिक, आम्दा नेपाल ।

४. सम्पर्क व्यक्तिको विवरण ।
आम्दा नेपालको प्रयोजनका लागी विभिन्न बैंकमा खोलिएका बैंक खातामा सम्पर्क व्यक्तिहरूको विवरण अध्यावधिक गरिएको छ ।

५. एम्वुलेन्स स्थानान्तरणः
सि.बा.म. अस्पतालमा भारतिय दुतावासबाट नयाँ एम्बुलेन्स प्राप्त भएकोले तहाँ प्रयोगमा रहेको एम्वुलेन्सलाइ आम्दा मेची अस्पतालमा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ ।
​
६. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०२।२१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
१ आन्तरिक व्यवस्थापनः
आम्दा नेपाल मातहतका अस्पतालहरूमा गठित आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको विवरण अध्यावधिक गर्ने ।
कार्यक्रम
२०८१०२३०
२ विपद् व्यवस्थापनः
आम्दा नेपालको विपद् व्यवस्थापन कार्यविधि अध्यावधिक गरी सरोकारवालाहरूलाइ जानकारी गराउने ।
कार्यक्रम
२०८१०२३०
३ जनशक्ति व्यवस्थापनः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूको व्यक्तिगत विवरण सफ्टवेयरमा अध्यावधिक गर्ने
जनशक्ति
२०८१०२३०
४ आपूर्तिकर्ताको सुचीः
आम्दा नेपालको अनलाइन प्रणालीमा आपूर्तिकर्ताको रूपमा सुचिकृत हुन निवेदन पेश गरेका फर्महरूको योग्यता परिक्षण गरी योग्य फर्मलाइ सुचीमा समावेश गर्ने ।
खरिद
२०८१०२३०

ख. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
१ कर्मचारी नियुक्तिः
योग्यता पुगी निवेदन दिएका कर्मचारीहरूको स्थायी नियुक्तिपत्र दिन आवश्यक व्यवस्था गर्ने ।
जनशक्ति
२०८१०२३०
२ लिलाम बिक्रीः
सिबाम अस्पतालको च.नं. ३६२ को सिफारिश पत्र वमोजिम काम नलाग्ने सरसामान लिलामबिक्री गर्न सहमति दिने ।
प्रशासन
२०८१०२३०
३ श्रद्घाञ्जली अपर्ण तथा समवेदनाः
सहकर्मी श्री विण्णु अधिकारीकी ममतामयी आमाको स्वर्गारोहण भएकोमा हार्दिक श्रद्घाञ्जली तथा अमरआत्माको चिरशान्तिको कामना सहित समवेदना प्रकट गरिएको छ ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//