Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-27
Expiry Date: 2024-06-01

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०२।१४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०२।०६ देखि वि.सं. २०८१।०२।१२ गते सम्म (ई.सं. २०२४, २१ औं हप्ता) ।
साप्ताहिक अंक: २१/२०२४

१. वित्तिय व्यवस्थापन तालिम ।
FHI360 ले वि.सं. २०८१।०२।०९ देखी २०८१।०२।११ सम्म पोखरामा आयोजना गरेको वित्तिय व्यवस्थापन तालिममा आम्दा नेपालका वित्त नियन्त्रक श्री रश्मी पुतुवार सहभागी हुनुभएको छ ।

२. एम्बुलेन्स दर्ता ।
आम्दा नेपालले भारतिय दुवावासबाट सि.बा.म. अस्पतालमा सञ्चालनका लागी प्राप्त गरेको एम्बुलेन्स लुम्विनी प्रदेशमा दर्ता व्यवस्था गरिदिन यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अनुरोध गरिएको छ ।

३. ढाँचा निर्धारण ।
आम्दा नेपालले प्रयोग गर्ने छपाइ नमूनाको ढाँचा अध्यावधिक गर्ने काम सम्पन्न भएको छ ।

४. आपूर्तिकर्ता छनौट ।
आम्दा नेपालले वि.सं. २०८१।०१।११ गते प्रकाशन गरेको सुचना वमोजिम रितपूर्वक प्राप्त बोलपत्रहरू वि.सं गते खोलिएकोमा सारभुतरूपमा योग्य बोलपत्रदाता श्री वर्ड डिस्ट्रिवुसन प्रा.लि. प्रस्ताव वि.सं. २०८१।०२।०१ गते छनौट गरी जम्मा रू. १२,२२,६६०।०० मूल्यका कार्यालय उपकरण खरिद गर्ने व्यवस्था भएको छ ।

५. कर्मचारीको वार्षिक तलब वृद्धि ।
वि.सं. २०८१।०१।१३ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार कर्मचारीहरूको वार्षिक तलब वृद्धीको सम्वन्धमा च.नं. ९९३९ वि.सं. २०८१।०२।०७ गतेको पत्र मार्फत स्पष्ट गरिएको छ ।

६. आम्दा मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिका ।
आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघ विच वि.सं. २०६५।०७।१० गते सम्पन्न त्रिपक्षिय संझौताको दफा २२ अनुरूप अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदा तयार गरी वि.सं. २०८१।०२।०७ गते साझेदार संस्थाहरूको सहमतिका लागी पठाइएको छ ।

७. यातायात सुविधा निर्धारण । 
वि.सं. २०८१।०१।१३ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यहरूको यातायाता सुविधा निर्धारण गरिएको छ ।

८. उप मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी । 
वि.सं. २०८१।०१।१३ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा अस्पतालमा कार्यरत डा. शिखर कट्टेललाइ अर्को व्यवस्था नहुन्जेल सम्म थप एक वर्षका लागी आम्दा अस्पतालको डेपुटी मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी तोकिएको छ ।

९. किस्तावन्दीमा खरिद गर्न सकिने । 
वि.सं. २०८१।०१।१३ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा नेपाललाइ आवश्यक उपकरण खरिद गर्न एकमुष्ठ वजेटको अभाव भएमा किस्तावन्दीमा खरिद गर्न सकिने व्यवस्था कायम भएको छ ।

१०. थप कार्यक्रम सञ्चालन सहमति । 
सि.बा.म. अस्पताल मातहतको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टानमाPCL Midwifery र Lab Technician विषयको शैक्षिक कार्यक्रम थप गर्न सहमति प्रदान गरिएको छ ।

११. वार्षिक योजना कार्यक्रम र वजेट ।  
वि.सं. २०८१।०१।१५ गते सम्पन्न आम्दा नेपालको ६४ औं साधारण सभाले स्विकृत गरे वमोजिम आ.व. २०८१/०८२ को वार्षिक योजना, कार्यक्रम र वजेट कार्यान्वयन गर्न गराउनु सम्वन्धित कार्यालयहरूलाइ परिपत्र गरिएको छ ।

१२. म्याद समात्त भएका सामान नष्ट गर्ने स्विकृति ।   
आम्दा अस्पतालमा जम्मा रू. १६,६०,३४९।६६ बिक्री मूल्य बराबरका काम नलाग्ने अवस्थाका औषधि तथा औषधिजन्य सरसामान नष्ट गर्न स्विकृति प्रदान गरिएको छ ।

१३. नतिजा प्रकाशन ।   
आम्दा नेपालले वि.सं. २०८१।०१।२७ गते प्रकाशन गरेको सुचना नं. ९९०९ वमोजिम कर्मचारी छनौट सम्वन्धि अन्तिम नतिजा (सूचना नं. ९९५४) प्रकाशन गरिएको छ ।

१४. क्यान्सर परिक्षण शिविर ।   
आम्दा नेपालले वि.सं. २०८१।०१।२७ गते प्रकाशन गरेको सुचना नं. ९९०९ वमोजिम कर्मचारी छनौट सम्वन्धि अन्तिम नतिजा (सूचना नं. ९९५४) प्रकाशन गरिएको छ ।

१५. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०२।१४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
स्थानिय व्यवस्थापनः आम्दा नेपालले सञ्चालन गरेका अस्पतालहरूको स्थानियस्तरको व्यवस्थापनलाइ सहज बनाउन गठित स्थानिय व्यवस्थापन समिति पदाधिकारीहरूको विवरण संकलन गरी अध्यावधिक गर्ने । कार्यक्रम
२०८१०२२५

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
मौजाद मिलानः
आम्दा नेपालका वित्त नियन्त्रको संयोजकत्वमा गठित टोलीले पेश गरेको खुदगन्ति तथा भौतिक परिक्षण प्रतिवेदन (दर्ता नं. ९९२६) अनुरूप केन्द्रिय कार्यालयको सरसामानको मौजाद मिलान गर्ने ।
प्रशासन
२०८१०२२५
क्यान्सर परिक्षण शिविरः
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनका गर्न लागीएकोमा शिविर सञ्चालनका लागी आवश्यक प्रवन्ध गर्ने ।  
कार्यक्रम
२०८१०२२५
सम्पर्क व्यक्तिको विवरणः
आम्दा नेपालको प्रयोजनका लागी विभिन्न बैंकमा खोलिएका बैंक खातामा सम्पर्क व्यक्तिहरूको विवरण अध्यावधिक गर्न आवश्यक व्यवस्था गर्ने ।
लेखा
२०८१०२२५
बोलपत्र मूल्याङ्कनः
आम्दा अस्पतालका लागी खरिद गर्न लागिएको CT Scan मेशिनका बोलपत्रदाताहरूसँग बोलपत्र मूल्याङ्कनको चरणमा थप स्पष्ट हुन परेका विषय खुलाइ विवरण माग गर्ने ।
खरिद
२०८१०२२५
एम्वुलेन्स स्थानान्तरणः
सि.बा.म. अस्पतालमा भारतिय दुतावासबाट नयाँ एम्बुलेन्स प्राप्त भएकोले तहाँ प्रयोगमा रहेको एम्वुलेन्सलाइ आम्दा मेची अस्पतालमा स्थानान्तरण गर्न आवश्यक व्यवस्था गर्ने ।
प्रशासन
२०८१०२२५

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.