Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-07
Expiry Date: 2024-05-11

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।१६ देखि २०८१।०१।२२ गतेसम्म (ई.सं. २०२४, १८औं हप्ता) ।
साप्ताहिक अंक: १/२०२४
 
१. जापानी कम्पनि याचियो इन्जिनीयरिंगका इन्जिनीयर सोमेयाद्वारा सि.बा.म. अस्पतालको भ्रमण          
 जापानी कम्पनि याचियो इन्जिनीयरिंगको नेपाल स्थित कार्यालयका इन्जिनीयर श्री सोमेयाद्वारा मिति २०८१/०१/१८ मा सि.बा.म. अस्पतालको भ्रमण सम्पन्न भयो । छलफलमा उक्त कम्पनिसंगको सहकार्यमा जापानी दुतावासको आर्थिक सहयोगमा सि.बा.म. अस्पतालमा अत्याधुनिक सेफ्टी ट्यांक निर्माण गर्न सकिने सम्भावना बारे छलफल भयो । इन्जिनीयर श्री सोमेयालाई सि.बा.म. अस्पतालका मे.सु. डा. विनोद कुमार पराजुलीज्यूले स्वागत गर्नुभएको थियो ।
          
. सि.बा.म. अस्पताल परिवारद्वारा नन्दिनी गौ संरक्षण केन्द्र, शिवनगरलाई रू. ५०,४६७ सहयोग हस्तान्तरण
मिति २०८१ बैशाख २१ का दिन आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल परिवारद्वारा बुटवल उप-महानगरपालिका द्वारा संचालित नन्दिनी गौ संरक्षण केन्द्र, शिवनगरलाई रू. ५०,४६७ सहयोग हस्तान्तरण भयो । अस्पतालका कर्मचारीहरूद्वारा स्वेच्क्षिक रूपमा संकलित उक्त सहयोग रकम सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. बिनोद कुमार पराजुलीद्वारा गौशालाका संरक्षक तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेज्यूलाई हस्तान्तरण गरिएको थियो । यस सहयोग कार्यले समाजमा भएका सकारात्मक र रचनात्मक कार्यमा सि.बा.म. अस्पताल कर्मचारीको सक्रिय समर्थन र सहयोग हुन्छ भन्ने उदाहरणीय कार्य भएको छ ।
 
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक सोमवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८१/०१/१७ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
४. तस्विरहरू
जापानी कम्पनि याचियो इन्जिनीयरिंगको नेपाल स्थित कार्यालयका इन्जिनीयर श्री सोमेयालाई स्वागत गर्नुहुँदै सि.बा.म. अस्पतालका मे.सु. डा. विनोद कुमार पराजुलीज्यू र साथमा मेट्रोन श्री सुशिला विश्वकर्माज्यू
गौशालाका संरक्षक तथा बुटवल उपमहानगरपालिका प्रमुख श्री खेलराज पाण्डेज्यूलाई सि.बा.म. अस्पताल परिवारद्वारा संकलित सहयोग रकम हस्तान्तरण गरेपश्चात सम्बोधन गर्नुहुँदै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू  
 
धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.