Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-06
Expiry Date: 2024-05-13

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०१।२४ गते
(अवधि वि.सं. २०८१।०१।१७ देखि २०८१।०१।२३ सम्म ई.सं. २०२४, १८ औं हप्ता)

१. आम्दा अस्पतालमा स्वास्थ्य बिमाका सुबिधाहरु दाबी संग सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ l
मिति २०८१/०१/२१ गतेका दिन स्वास्थ्य बिमाका सुबिधाहरु दाबी संग सम्बन्धित छलफल कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा अस्पतालका मेसु. डा. प्रकाश शर्मा, प्रशासन प्रमुख सुमन कुमार नेपाल र भिम धमला, स्टोर प्रमुख उमेश घिमिरे IT साखा प्रमुख, सहायक लगायत दाबी साखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका बिचमा अस्पताल मेसु. डा. प्रकाश शर्माले स्वास्थ्य बिमाका सुबिधाहरु दाबी संग समन्धित समस्याहरु दाबी साखा संग सोधपुछ गर्नुभयो साथै स्वास्थ्य बिमाका सुबिधाहरु दाबी गर्दाका बखतमा के के समस्याहरु छन् सो बिषयमा तत्काल जानकारी गराउन समेत अवगत गराउनु भयो l उक्त कार्यक्रम बारेमा claim साखा बाट श्री रंजित मुखिया ज्यूले जानकारी दिनुभयो l

२. Registration काउन्टर नयाँ भवनमा सरेको तथा नियमित सेवा समेत सुरु भयको सम्बन्धमा ।
आम्दा अस्पताल, दमक २ मा मिति २०८१/०१/१७ गते बाट Registration-Desk संचालन को लागी व्यवस्थित हुने गरि भवन निर्माण कार्य सम्पन्न भई सेवा सुरु भएको छ । उक्त भबनमा  Registration-Desk-Billing Counter बाट OPD Ticket, स्वास्थ्य बिमा OPD पुर्जा, रेफेर Scanning, Doctors Prescription Scanning, Discharge Paper Scanning, QR Payment System, Claim Department समेत हुने र स्वास्थ्य बिमाको Real Time Claim मा समेत सेवा सजह हुने साथै २४ सै घण्टा एउटै ठाउँ बाट सेवा दिने लक्ष्य साथ कार्यहरु भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.