Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-02
Expiry Date: 2024-05-04

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।०९ देखि २०८१।०१।१५ गतेसम्म (ई.सं. २०२४, १७औं हप्ता) ।
साप्ताहिक अंक: /२०२४
 
. मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूलाई बुटवल उप-महानगरपालिकाद्वारा सम्मान         
जितगढ़ी विजय उत्सव २०८१ का अवसरमा बुटवल उपमहानगरपालिकाद्वारा सिद्धार्थ बाल तथा महिला अस्पतालका मे.सु. डा. बिनोद कुमार पराजुलीज्यूलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनज्यू प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ – “बुटवल उपमहानगरपालिकाको ऐतिहासिक स्थल नेपाल अंग्रेज युद्धमा नेपाली वीर योद्धाहरूको अदम्य साहस र रणकौशलले विजय हासिल गरेको जितगढ़ी किल्लाको संरक्षण र संवर्द्धन एवं जनस्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएकोमा यहाँको उच्च प्रशंसा सहित जितगढ़ी विजय उत्सव २०८१ को अवसरमा तपाईं मेशु डा. विनोद पराजुली ज्यूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै कदर स्वरूप यो सम्मान पत्र प्रदान गरिएको छ । यहाँको उज्ज्वल भविष्यको कामना गर्दछौं ।"
 
२. पत्रकारहरूको नि:शुल्क स्वास्थ्य जाँच
मिति २०८०/१/१५ गतेका दिन नेपाल पत्रकार महासंघको अधिवेशन तथा साधारण सभामा सहभागिताका लागि आएका पत्रकारहरूलाई आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरियो । रक्तचाप, मधुमेह तथा मृगौला जांच (Urine Albumin) सेवा प्रदान गरिएकोमा ७५ जनाले उक्त स्वास्थ्य परिक्षण गरेका थिए । यस कार्यले सामाजिक जिम्मेवारी पुरा हुनुका साथै अस्पतालमा रहेको सेवाहरूबारे संचारकर्मीहरू मार्फत समुदायमा जानकारी पुग्ने अपेक्षा गरिएको छ ।
 
३. आमा सुरक्षा कार्यक्रम संचालनार्थ बुटवल उप-महानगरपालिकाबाट विज्ञ टोलीको सी.बा.. अस्पताल भ्रमण  
सिद्धार्थ बाल तथा महिला अस्पतालले आमा सुरक्षा कार्यक्रम लागु गर्नका लागि परिवार कल्याण महाशाखामा आवेदन पेश गरेकोमा सोका लागि स्थानीय सरकारद्वारा अनुगमन गरि तोकिएको अनुसूची सहित सिफारिस गर्नुपर्ने व्यवस्था रहे बमोजिम मिति २०८०/१/१२ गतेका दिन बुटवल उप-महानगरपालिकाबाट विज्ञ टोलीले सि.बा.म. अस्पताल भ्रमण गरेको छ । स्वास्थ्य शाखा प्रमुख श्री युवराज पाण्डेज्यूको नेतृत्वमा आएको टोलीले भ्रमण पश्चात प्रतिवेदन एवं सिफारिस समेत उपलब्ध गराएको छ ।
 
४. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८१/०१/१० गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
५. तस्विरहरू

 
जितगढ़ी विजय उत्सव २०८१ को अवसरमा मेशु डा. विनोद पराजुलीज्यूलाई बुटवल उपमहानगरपालिकाद्वारा प्रदान गरिएको सम्मान पत्र  नेपाल पत्रकार महासंघको अधिवेशन तथा साधारण सभा आएका पत्रकारहरूलाई नि:शुल्क स्वास्थ्य परिक्षण सेवा



धन्यवाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.