Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-29
Expiry Date: 2024-05-04

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।०९ देखि वि.सं. २०८१।०१।१५ गते सम्म (ई.सं. २०२४, १७ औं हप्ता) ।
साप्ताहिक अंक: १७/२०२४


१. साधारण सभा सम्पन्न ।
आम्दा नेपालको ६४ औं साधारण सभा आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा वि.सं. २०८१।०१।१५ गते सफलतापूर्वक सम्पन्न भएको छ । आम्दा नेपालको साधारण सभामा संस्था नविकरण, आ.व. २०८०/८१ को लेखापरीक्षणका लागि लेखा परीक्षकको नियुक्ति, आ.व. २०८१/८२ का लागि आम्दा नेपालको वार्षिक नीति, योजना, कार्यक्रम र बजेट लगायत विषयमा छलफल तथा निर्णयहरू भएको छ । आम्दा नेपालले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको सफल कार्यान्वयन गर्न सहयोग गर्ने सरोकारवाला सबैलाइ धन्यबाद प्रकट गरिएको छ ।

२. कार्यकारिणी समितिको बैठक ।
वि.सं. २०८१।०१।१३ गते आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको आठौं बैठक सम्पन्न भएको छ ।

३. सभाहल र पर्खाल निर्माण कार्य  ।
आम्दा नेपाल र ड्रिमवे निर्माण कम्पनी बिच सन् ९ अप्रिल २०२४ मा भएको संझौता अनुरूप आम्दा नेपाल केन्द्रीय कार्यालयमा सभाहल र पर्खाल निर्माण कार्य शुभारम्भ भएको छ ।

४. विद्युत आपूर्ति प्रणालीको स्तरोन्नति ।
आम्दा नेपालको केन्द्रिय कार्यालय भवनमा जडित विद्युतिय उपकरणहरू पूर्णरूपमा सञ्चालनमा ल्याउन विद्युत आपूर्ति प्रणालीलाइ स्तरोन्नति गरी ३ फेज लाइन जडान गरिएको छ ।

५. आन्तरिक लेखापरीक्षण ।
आम्दा नेपालका आन्तरिक लेखा परिक्षकले केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण कार्य जारी राख्नु भएको छ ।

६. श्रम परीक्षण ।
आम्दा नेपाल केन्द्रीय कार्यालयको श्रम परीक्षणको कार्य सम्पन्न भएको छ । श्रम परीक्षणको प्रतिवेदन अनुरूप केन्द्रीय कार्यालयमा तपशिल बमोजिम समिति गठन गर्न आवश्यक देखिएको छ ।
क. श्रम सम्बन्ध समितिः
ख. सुरक्षा र स्वास्थ्य समिति

७. कार्यालय उपकरण खरिद गर्न शिलबन्दी बोलपत्र प्रकाशन ।
आम्दा नेपाल केन्द्रीय कार्यालय एवं सिद्धार्थ बाल तथा महिला अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोजनार्थ आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत बजेट अनुसार कार्यालय उपकरण खरिदका लागि शिलबन्दी बोलपत्र राष्ट्रिय पत्रिकामा सार्वजनिक सूचना (009876/AMDA/CO/2080/81) प्रकाशन भएको छ ।

८. अन्तिम नतिजा प्रकाशन ।
आम्दा नेपालले वि.सं. २०८१।०१।०४ (16 April 2024) गते प्रकाशन गरेको सूचना (सूचना नं. ००९८७४/१०/२०८०/८१) बमोजिम बि.सं. २०८१।०१।१३, च.नं. ९८८७ को पत्र अनुरूप अन्तिम नतिजा प्रकाशन गरिएको छ । सूचना बमोजिम श्री नीरा आचार्य सफल उम्मेदवार र श्री रीता अधिकारी बैकल्पिक उम्मेदवारको रूपमा छनौट हुनुभएको छ ।
 
९. नियमित साप्ताहिक बैठक
बि.सं. २०८१।०१।१७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा
२०८०१२०१
सम्पन्न ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने । अच्युत सापकोटा जारी ।

 
 
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने रश्मी पुतुवार
२०८०१२३०
सम्पन्न।
नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । अच्युत सापकोटा
२०८०१२१२
जारी ।
Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । रश्मी पुतुवार/राम बाबु देव
२०८०१२१६
प्रयोगकर्ता सन्तुष्टी सर्भेक्षण जारी ।
औषधी उपचार व्यवस्थाः औषधी उपचार सुविधा बापत कर्मचारीले सामाजिक सुरक्षा कोष एवं आम्दा नेपालबाट पाउने शत प्रतिशत सुविधाका लागि आम्दाको सफ्टवेयरमा आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार/ अच्युत सापकोटा/ राम बाबु देव
२०८०१२१६
सम्पन्न ।
सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । अच्युत सापकोटा
२०८१०११५
जारी
योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार
२०८१०११५
जारी
१० साधारण सभाको तयारीः आम्दा नेपालको ६४ औं साधारण सभामा प्रस्तुत गर्नका लागी व्यवस्थापन कार्यशालाको प्रतिवेदन सहित आ.व. २०८१/०८२ का लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेटको मस्यौदा तयार गरी कोषाध्यक्ष मार्फत  कार्यकारिणी समिति समक्ष पेश गर्ने । रश्मी पुतुवार
२०८१०१०६
सम्पन्न
११ बोलपत्र प्रकाशन गर्नेः आ.व. २०८१/०८२ का लागी स्विकृत योजना मुताविक खरिद हुन वाँकी काम तथा सेवाहरू अध्ययन गरी नियमानुसार प्रकृया प्रारम्भ गर्ने । अच्युत सापकोटा
२०८१०१०६
जारी
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
कर्मचारी कार्य सम्पादन मुल्याङ्कनः आम्दा नेपाल अन्तर्गत कार्यरत कर्मचारीहरूको कार्य सम्पादन मुल्याङ्कनका लागि कार्यविधि अनुरूप आवश्यक व्यवस्थापन गर्ने । अच्युत सापकोटत
२०८१।०३।१५
   
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
श्रम परीक्षणः श्रम परीक्षण अनुरूप श्रम सम्बन्ध समिति र सुरक्षा र स्वास्थ्य समिति गठन गर्न आवश्यक व्यवस्था मिलाउने । सुदेश रेग्मी

धन्यबाद ! 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.