Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-22
Expiry Date: 2024-04-28

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०१।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।०२ देखि वि.सं. २०८१।०१।०८ गते सम्म (ई.सं. २०२४, १६ औं हप्ता) ।
साप्ताहिक अंक: १६/२०२४

१. प्रशिक्षार्थी विद्यार्थी परिचालन ।
अर्किड इन्टरनेशनल कजेलमा BBM अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी श्री आँचल भण्डारीलाइ केन्द्रिय कार्यालयमा वि.सं. २०८१।०१।०४ गते देखी जम्मा ३ महिना कार्यसुची तयार गरी विषयहरूमा प्रशिक्षण प्रदान गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।

२. एम्बुलेन्स हस्तान्तरण ।
नेपाल स्थित भारतिय दुतावासबाट प्राप्त एक थान एम्बुलेन्स चालक श्री सुरज तिवारी हस्ते वि.सं. २०८१।०१।०६ गतेसिद्घार्थ बाल तथा महिला अस्पताल, बुटवल पठाइएको छ ।

३. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न समझदारी अनुरूप वि.सं. २०८१।०१।०८ गते नयाँपाटी स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा जम्मा ४० जना महिलाहरूले स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सेवा लिएका छन् ।

४. समिक्षा बैठक  ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको उपस्थितिमा केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी विच समिक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठकमा कार्यकारिणी समितिका उपाध्यक्ष डा. संगिता बराल बस्नेत, सचिव डा. अनिल कुमार दास, कोषाध्यक्ष डा. माधव प्रसाद खनाल, सदस्य डा. ऋषिकेश नारायण श्रेष्ठ र सल्लाहकार डा. दिनेश विनोद पोख्रेल समेतको सहभागिता रहेको थियो । ।

५. सफ्टवेयर अध्यावधिक ।
आम्दा नेपालले सञ्चालनमा ल्याएको अस्पताल सेवा व्यवस्थापन सफ्ट्वेयरलाइ थप सेवाग्राही मैत्री वनाउन र राष्ट्रिय स्वास्थ्य विमाको योजना अनुकुल बनाउन वि.सं. २०८१।०१।०७ गते आपूर्तिकर्ता र आम्दा नेपालका कर्मचारी विच समवन्य वैठक सम्पन्न भएको छ ।

६. समाज कल्याण परिषद्को अनुगमन मूल्याङ्कन ।
आम्दा नेपाल र FHI360 विच सम्पन्न संझौता अनुरूप सन् १ अक्टोवर २०२२ देखी ३१ अगष्ट २०२३  सम्मका लागी समाज कल्याण परिषद् बाट स्विकृत प्राप्त Meeting Targets and Maintaining Epedemic Controll (EPIC) परियोजनाको अनुगमनका लागी टोली गठन भएको जानकारी प्राप्त भएको छ ।

७. नियमित साप्ताहिक बैठक
बि.सं. २०८१।०१।१० गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा
२०८०१२०१
जारी ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने । अच्युत सापकोटा जारी ।

 
 
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने रश्मी पुतुवार
२०८०१२३०
जारी ।
नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । अच्युत सापकोटा
२०८०१२१२
जारी ।
Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । रश्मी पुतुवार/राम बाबु देव
२०८०१२१६
प्रयोगकर्ता सन्तुष्टी सर्भेक्षण जारी ।
औषधी उपचार व्यवस्थाः औषधी उपचार सुविधा बापत कर्मचारीले सामाजिक सुरक्षा कोष एवं आम्दा नेपालबाट पाउने शत प्रतिशत सुविधाका लागि आम्दाको सफ्टवेयरमा आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार/ अच्युत सापकोटा/ राम बाबु देव
२०८०१२१६
जारी ।
सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । अच्युत सापकोटा
२०८१०११५
 
योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार
२०८१०११५
 
१० साधारण सभाको तयारीः आम्दा नेपालको ६४ औं साधारण सभामा प्रस्तुत गर्नका लागी व्यवस्थापन कार्यशालाको प्रतिवेदन सहित आ.व. २०८१/०८२ का लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेटको मस्यौदा तयार गरी कोषाध्यक्ष मार्फत  कार्यकारिणी समिति समक्ष पेश गर्ने । रश्मी पुतुवार
२०८१०१०६
 
११ प्रशिक्षार्थी (विद्यार्थी) परिचालन गर्नेः केन्द्रीय कार्यालयको सुचना र तथ्याङ्कमा सिमित पहुँच रहने गरी एक जना प्रशिक्षार्थी विद्यार्थीलाइ वि.सं. २०८१।०१।०४ गते बाट अवसर प्रदान गर्ने । अच्युत सापकोटा
२०८१०१०६
सम्पन्न
१२ बोलपत्र प्रकाशन गर्नेः आ.व. २०८१/०८२ का लागी स्विकृत योजना मुताविक खरिद हुन वाँकी काम तथा सेवाहरू अध्ययन गरी नियमानुसार प्रकृया प्रारम्भ गर्ने । अच्युत सापकोटा
२०८१०१०६
जारी
१३ कामदार परिचालनः केन्द्रीय कार्यालयमा रिक्त कार्यालय सहयोगी पदमा नियमित पदपूर्तिको माध्यमबाट छनौट गरिएका सफल तथा बैकल्पिक उमेद्बारहरू काम गर्न नआएकोले अर्को व्यवस्था नहुन्जेल सम्म आवश्यकता अनुसार दैनिक ज्यालादारीमा कामदार परिचालन गर्ने । अच्युत सापकोटा
२०८१०१०३
सम्पन्न ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
नविकरणः आम्दा नेपाल संस्था र संस्था अन्तगर्त सञ्चालित कार्यक्रम लगायत दर्ता नविकरण गर्नु पर्ने कामको सुचि अध्यावधिक गर्ने र तोकिएको समयसिमा भित्र काम सम्पन्न हुने गरी जिम्मेवारी तोक्ने । सुदेश रेग्मी
२०८१।०१।१५
   
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
साधारण सभाः आम्दा नेपालको ६४ औं साधारण सभाको कार्यक्रम तालिका मस्यौदा र कार्यविभाजन गर्ने सुदेश रेग्मी
सकप अनुगमनः र्इपिक परियोजना अनुगमन मूल्याङ्कन लागी समाज कल्याण परिषद्बाट खटिइ आउने टोलीलाइ आव
श्यक विवरण उपलब्ध गराउने र परियोजना क्षेत्रमा भ्रमणको प्रवन्ध गर्ने ।
अच्युत सापकोटा
२०८१०२०१

धन्यबाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.