Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-04-15
Expiry Date: 2025-04-19

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८२।०१।०२ गते, मंगलवार
अवधिः वि.सं २०८१।१२।२४ देखि वि.सं.२०८१।१२।३० गते सम्म (ई.सं २०२५ १५ औं हप्ता)
साप्ताहिक अंक: १५।२०२५

१. भुटानी शरणार्थी परियोजनाको अनुगमन मूल्याङ्कन ।
आम्दा नेपाल र UNHCR विच सम्पन्न संझौताको अधिनमा सञ्चालन हुदै आएको भुटानी शरणार्थी सहायता परियोजनाको अनुमगन मूल्याङ्कनका लागी समाज कल्याण परिषद्ले खटाएको टोली समुहका टोली प्रमुख श्री महेश अधिकारी र सदस्य श्री इन्दु शर्माले स्थलगत अवलोकलन निरिक्षण सम्पन्न गरीआम्दा नेपालका कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीसँग परामर्श गरी प्रतिवेदन तयारीका लागी आवश्यक विवरण तथा कागजात संकलन गर्नुभएको छ । वि.सं. २०८२।०१। ०८ गते विहान ११:०० वजे आम्दा नेपालको केन्द्रिय कार्यालयमा अनुगमन मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन टोली समुहले प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । 

२. अनुसन्धानमूलक कामका लागी स्विकृति प्रदान ।
सि.बा.म. अस्पतालमा आंशिकरूपमा विशेषज्ञ चिकित्सकको रूपमा सेवारत डा. सन्तोष पोखरेललाइ “Impact of Diabetes Educator/Coordinator in the Management of Diabetes in Children, Adolescents and Young Adults” शिर्षकमा अनुसन्धानमूलक कामका लागी स्विकृति प्रदान गरिएको छ ।

३. लेशा शाखा प्रमुख कर्मचारी हाजिर ।
आम्दा नेपालको वित्त नियन्त्रक पदमा नवनियुक्त कर्मचारी श्री किरण कुमार थापा वि.सं. २०८१।१२।२५ गतेबाट हाजिर भइ लेखा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

४. परियोजना समापन प्रतिवेदन ।
आम्दा नेपालले सञ्चालन गरेको USAID Sustainable HIV Epidemic Control परियोजनाको समापन प्रतिवेदन तयारीका लागी परियोजनाका मुख्य जवाफदेही कर्मचारीहरूसँग वि.सं. २०८१।१२।२७ परामर्श बैठक सम्पन्न भएको छ । समापन प्रतिवेदन तयारी बैठकमा कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी, वित्त नियन्त्रक श्री किरण कुमार थापा, पूर्व वित्त नियन्त्रक श्री रश्मी पुतुवार सहित परियोजनाका तर्फबाट HIV Service Director श्री श्रृजत दाहाल र Senior Program/MnE officer श्री रोहित उरावको उपस्थिति रहेको थियो ।

५. लेखा सम्वन्धि सफ्टवेयरको समिक्षा ।
आम्दा नेपालले लेखा व्यवस्थापनका लागी हाल प्रयोग गर्दै आएको गरेको सफ्टवेयरले कर गणना गर्दा समेत त्रुटिपूर्ण गणना गरेको लगायतका प्रयोगकर्ताको तर्फबाट उठाएका सवालहरूको चित्तबुझ्दो समाधान गर्न नसकेकोमा आपूर्तिकर्तालाइ ध्यानाकर्षण गराउनका लागी प्रयोगकर्ता विच वि.सं. २०८१।१२।२८ गते वित्त नियन्त्रकको संयोजनमा परामर्श बैठक सम्पन्न भएको छ ।

६. विदा सुविधाको वर्ष चक्रको विषयमा सर्भेक्षण । 
आम्दा नेपालले कर्मचारीहरूलाइ प्रदान गर्ने विदाको वर्ष चक्रको विषयमा नीतिगत विषयमा संलग्न रहने कर्मचारीहरूको धारणा संकलनका लागी अनलाइन सर्भेक्षण गरिएकोमा सर्भेक्षणमा सहभागीता जनाएका अधिकांश कर्मचारीहरूले विदाको वर्ष चक्र साउन देखी असार मसान्त सम्म कायम गर्ने मत प्रकट गर्नुभएको छ ।
 
६. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०१।०२ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र. सं. कामको विवरण
विमाः
  • विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने 
  • विमा कार्यविधि अध्यावधिक गर्ने  ।
  • विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने
  • पछिल्लो अवधिमा भएको बिमा दाबी र फर्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने
 
 
 
धन्यवाद ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.